पोखरामा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस सुरू, खेलकुद मन्त्री चौधरीले गरे उद्घाटन्

पोखरा स्पोर्टस/तस्विर : सुदर्शन रञ्जित । पोखरामा अन्तर्राष्ट्रिय ड्रागन बोट रेस सुरू भएको छ ।

दोस्रो सस्करणको उक्त प्रतियोगिता पोखराको फेवातालका सुरू भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको एक कार्यक्रमका बिच संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका हुन् । सो अवसरमा मन्त्री चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताएका छन् ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरू भएको प्रतियोगितामा खेलका माध्यमबाट विभिन्न देश र समुदायकाबीचमा एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने बताउँदै शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि खेलकुद जरुरी रहेको उल्लेख गरे ।

निरन्तर खेलकुदका गतिविधि सञ्चालन गरी योग्य खेलाडी उत्पादन गर्नु पर्ने बताउँदै मन्त्री चौधरीले ड्रागन बोट रेस पोखराको खेल तथा पर्यटन क्षेत्रको विकास संगै नेपाल र चीनका नागरिकहरूका बीचमा रहेको सुमधुर सम्बन्धलाई थप बलियो हुने विश्वास व्यक्त गरे ।

पोखरालाई खेलकुदको क्षेत्रमा अघि बढाउने गरी विभिन्न कार्यहरु भइरहेको बताउँदै मन्त्री चौधरीले सन् २०२७ मा हुने यू–१९ महिला क्रिकेट विश्वकपमा पोखरा पनि छानिएकाले आगामी आर्थिक वर्षमा खेलकुदसम्बन्धी पूर्वाधार विकास, खेलाडीलाई तालिमलगायत क्षेत्रमा बजेट विनियोजना गरिने बताए ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदुत चेन सोङले सुन्दर पोखराको फेवातालमा आयोजित ड्रागन बोट रेस दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण हुने बताउँदै चिनियाँ नगारिकका लागि पोखरा प्रमुख गन्तव्यका रूपमा रहेको जनाए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रकृति, कला र संस्कृतिले सम्पन्न पोखरा पर्यटन राजधानी रहेकाले बृहत् पोखराको अवधारणाका साथ यहाँको पर्यटकीय विकासमा विविध गतिविधि सञ्चालन गरिएको उल्लेख गरे ।

गण्डकी प्रदेशका समाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुुकुुमार थापाले पोखरा खेल पर्यटनका दृष्टिले पनि सम्भावना बोकेको ठाउँ रहेको बताउँदै ड्रागन बोट रेस प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्न पनि थप टेवा पुग्ने जनाए ।

प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी छन् । प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने जनाइएको छ । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता छ ।

प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेता टोलीलाई ५ हजार अमेरिकी डलर, उपविजेतालाई २ हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close