न्यूक्सयालमाथि लिभरपुलको रोमाञ्चक जित

पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्यूक्सयाल युनाइटेडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा खेलको इन्जुरी समयमा रियो एनगुमोहाले निर्णायक गोल गरेका थिए ।

यसअघि लिभरपुलका लागि रयान ग्राभेनबर्च र हुगो एकिटिकेले एक एक गोल गरेका थिए ।

त्यस्तै न्यूक्यासलका लागि ब्रुनो गुइमाराएज र विलियम ओसुलाले एक एक गोल गरेका थिए ।

यस खेलमा एन्थोनी गोर्डोनले खेलको पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाएपछि न्यूक्यासल युनाइटेड १० खेलाडीमाया सिमित भएको थियो ।

यो लिभरपुलको यस सिजनमा लगातार दोस्रो जित हो । यो जितपछि २ खेलमा ६ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी पहिलो खेलमा बराबरी खेलेको न्यूक्यासलले दोस्रो खेल हारेर सिजनमा खराब शुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close