नेपाली गोजुरियो टोली इन्डोनेसिया प्रस्थान

काठमाडौ, ४ मंसिर ।
छैठौं एसियाली गोजुरिया कराते च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहित ३६ सदस्यीय नेपाली टोली मंगलबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ ।

नोभेम्बर २१ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा पासाङ रिन्जिन लामा, रामकुमार गिरी, चिरायु रिजाल, फुर्साङ वाइबा, विमल थापा, सुजनकुमार पुरी, सन्जु नगरकोटी, अमित थापा, अर्जुनकुमार गहतराज विक, सरु मानन्धर, विमलकुमार राई, करिना पुरी, कमल लामा वाइबा, प्रमिशकुमार सिंह, नवीन काउछा, गोर्खाराज लामा, विधान अधिकारी र दिलिप पुनले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टोली नेतामा बलराम मित्र, अफिसियलमा चन्द्रप्रकाश घर्ती, ढाकाराम लामिछाने, राजेशबहादुर श्रेष्ठ र मुक्तिनाथ गुरुङ, व्यवस्थापकमा सुवास इटनी, सहायक व्यवस्थापकमा राजु अधिकारी र प्रशिक्षकमा विजय अधिकारी रहेका छन् । विसनसिंह खड्का, सानुबाबु गिरी, प्रकाशकुमार चन्द, दीपक लामा, सानुकाजी नगरकोटी, रामकुमार श्रेष्ठ, वीरेन्द्रबहादुर शाही, डम्बरबहादुर शाही, पुष्पकुमार क्षेत्री र सन्दिप थापा छन् । विसनसिंहले प्रतियोगितामा भेट्रान एकल कातातर्फ पनि प्रतिस्पर्धा गर्ने छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य उपेन्द्र पौडेलले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे । उक्त टोली मलेसियाको क्वालालम्पुरमा नोभेम्बर १ र २ तारिखमा हुने पाँचौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पनि सहभागी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close