‘चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त’ टि.टि हल लैनचौरमा शनिबार हुने

पोखरा स्पोर्टस । ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त’ टि.टि हल लैनचौर काठमाण्डौमा (भोली) शनिबार हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को सहयोग तथा नेपाल रिङ रेस्लिङ संघको आयोजना उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । दिउसो २ बजे सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संघकी महासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।

प्रतियोगिता अन्तर्गत लाइट वेट, ट्याग टिम भिडन्त (ट्रिपल थ्रेट म्याच), हार्डकोर भिडन्त, महिलातर्फको भिडन्त र हेभीवेट गरी विभिन्न क्याटोगरीमा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा सिजे वर्ल्ड, कम्व्याट, तन्नु,आकृती, टुप्पी ग्याङ, सुजल, एक्स हिरो, चट्टान, स्पाइडर म्यान, डेभिड, साइन नुवाकोटे टाइगरको रोचक भिडन्त हुनेछ ।

प्रतियोगितामा लाइट वेटतर्फको विजेताले नगद रु ६५ हजार, ट्याग टिम च्याम्पियनले नगद रु १ लाख २५ हजार, लेडिज वेट च्याम्पियनले नगद रु ८० हजार, हार्डकोर च्याम्पियनले नगद रु १ लाख र हेभीवेट च्याम्पियनले नगद रु १ लाख ५५ हजार प्राप्त गर्नेछन् । सबै विजेतालाई नगदका साथमा मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा रेफ्रिको भूमिकामा सञ्जय महर्जन र राकेश बिक रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख खर्च हुने आयोजकको भनाई छ । दर्शकहरुको सहजताका लागि आयोजकले प्रतियोगिता अवलोकन निशुल्क गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close