कास्की आर्चरी संघले गर्यो नवनियुक्त परिषद बोर्ड सदस्य गुरुङलाई स्वागत

पोखरा, ४ मंसिर ।
कास्की जिल्ला आर्चरी संघले नवनियुक्त राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेश गुरुङलाई मंगलबार पोखरामा स्वागत गरेको छ । संघले पोखरा रंगशाला स्थित आर्चरी खेल मैदानमा एक कार्यक्रमको आयोजना गरि बोर्ड सदस्य गुरुङलाई बधाईका साथै सफल कार्यकालको शुभकामना दिएको हो ।

सो कार्यक्रममा बोल्दै बोर्ड सदस्य गुरुङले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पोखरामा हुने आर्चरी खेललाई ब्यबस्थित बनाउन र आवश्यक पूर्वाधार निर्माण पूरा गर्न आफ्नो तर्फ बाट पहल गर्ने बताएका छन । उनले आफू संधै आर्चरीको सहयोगी र शुभचिन्तकको रुपमा रहेको बताउँदै अब आफ्नो तर्फ बाट सहयोग गर्ने अबसर जुटेको बताए । बोर्ड सदस्य गुरुङले आर्चरी स्थलमा आवश्यक हरियाली बढाउन ब्यक्तिगत रुपमा सहयोग गर्ने बचन समेत दिएका छन ।

कार्यक्रममा संघका तर्फ बाट योगेन्द्र शेरचन, आर्चरी क्लबको तर्फ बाट, अन्नपूर्ण आर्चरी क्लबका अध्यक्ष किशोर कुमार गुरुङ, अन्तर्राष्ट्रिय खेलाडी द्वय अशिम शेरचन र रश्मि दर्लामी लगाएतले बोर्ड सदस्य गुरुङलाई खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समिती कास्कीका अध्यक्ष याम गुरुङ, संघका केन्द्रिय उपाध्यक्ष बसन्त थकाली, संघका सचिब देब पुन, अन्नपूर्ण आर्चरी क्लबका उपाध्यक्ष बसन्त गौचन (साकुरा) लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close