ब्याडमिन्टनका संयोजक ‘सुभाष श्रेष्ठ’ले बुझे पत्र

पोखरा स्पोर्टस । नेपाल ब्याडमिन्टन संघको संयोजकमा मनोनयन भएका सुभाष श्रेष्ठले पत्र बुझेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को गत चैत्र २९ गते बसेको १२२औं बोर्ड बैठकले उनलाई संयोजकमा मनोनयन गरेको थियो । लामो समय देखि निर्वाचन हुन नसकी तदर्थमा रहेको रामजी बहादुर श्रेष्ठ नेतृत्वको कार्यसमिति विघटन गरी राखेपले उनलाई संयोजकको जिम्मेवारी दिएको हो ।

राखेपका संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले सो पत्र सोमबार हस्तान्तरण गरे ।

राखेपले संयोजकमा सुभाष श्रेष्ठसहित ४१ सदस्यिय कार्यसमिति चयन गरेको जनाइएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २९ को उपदफा ४ बमोजिम राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ बमोजिम क्रियाशिल जिल्ला तथा प्रदेश संघहरुको भेला बोलाई ३ महिना भित्र निर्वाचन सम्पन्न गरी संघलाई पूर्णता दिन समेत राखेपको पत्रमा उल्लेख छ ।

मनोनयन भएका  संयोजक श्रेष्ठ यस अघि राखेपको बोर्ड सदस्य थिए भने नेपाल ब्याडमिन्टन संघमा उपाध्यक्ष समेत भएर योगदान दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close