गण्डकी र बंगालादेशी महिला ह्याण्डबल टोली बीच मैत्रीपूर्ण खेल

पोखरा स्पोर्टस । मित्रराष्ट्र बंगालादेशबाट नेपाल भ्रमणमा रहेको महिला ह्याण्डबल टोली र गण्डकी प्रदेश टोली बीच पोखरामा मैत्रीपूर्ण ह्याण्डबल खेल सम्पन्न भएको छ । पोखरामा शनिबार पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमीमा उक्त मैत्रीपूर्ण खेल सम्पन्न भएको हो ।

पोखरा रंगशालामा आएको टोलीलाई मैत्रीपूर्ण खेल अघि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य एवं गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठक, संघकी उपाध्यक्ष शान्ती बैद्य थापा, कास्की ह्याण्डबलका संयोजक क्या.जग बहादुर गुरुङ, कास्की ह्याण्डबलका निवर्तमान अध्यक्ष चित्र बहादुर थापा, गण्डकी ह्याण्डबलका सदस्य मोहन गुरुङ, ह्याण्डबलका रेफ्रि संयोजक गोपाल थापा, रेफ्रि पदम नेपालीलगायतले स्वागत गरेका थिए ।

नेपाल भ्रमणका लागि आएको ह्याण्डबल टोली शुक्रबार पोखरा आइपुगेको हो । टोलीले पोखराको भ्रमण गर्ने कार्यक्रम रहेको काठमाण्डौबाट पाहुना टोली लिएर पोखरा आएका नेपाल ह्याण्डबल संघका निवर्तमान सचिब रत्नज्योती मानन्धरले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close