
पोखरा स्पोर्टस । घरेलु टोली गण्डकी प्रदेश भलिबल टिम पोखरामा जारी लामाचौर कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
फाइनल पुग्न महत्वपूर्ण रहेको विभागिय टोली नेपाल पुलिस विरुद्धको खेलमा ३–२ ले जित्दै गण्डकी उपाधि नजिक पुगेको हो । खेलमा दुई सेटमा पछि पर्दै करिव–करिव फाइनल खेल्न चुकेको गण्डकीका लागि यूवा खेलाडी सरोज बर्देवा बरदान सावित भए ।
गण्डकी ८ अंकका साथ फाइनलमा पुगेको छ । गण्डकीले अव ९ अकका साथ फाइनल पुगेको नेपाल पुलिस संग फाइनलमा सामना गर्नेछ । पुनः दुई टोली फाइनलमा भिड्ने भए पछि फाइनल खेल निकै रोचक हुने जनाइएको छ ।
पहिलो सेट १५–२५ र २३–२५ ले पुलिसलाई सुम्पिदैं दबाबमा रहेको गण्डकी अन्तिम तिन सेटमा भने गण्डकीले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलमा फर्किए पछि फाइनलको यात्रा तय गरेको छ ।
विभागिय टोली पुलिस विरुद्ध तेश्रो सेट २५–२२, चौथो सेट २५–१८ र अन्तिम सेट १५–१० ले जित्दै फाइनल यात्रा सहज बनाएको थियो ।
समय आभावका कारण फाइनल खेल आज वा भोलि (बुधबार) हुने भन्ने बारे आयोजकले टुङ्गो भने लगाएको छैन ।