गण्डकी प्रदेश स्तरिय राष्ट्रिय भलिबल रेफ्रि रिफ्रेशर कोर्ष पोखरामा सुरु

पोखरा, २६ कार्तिक ।
पोखरामा गण्डकी प्रदेश स्तरिय पाँच दिने राष्ट्रिय भलिबल रेफ्रि रिफ्रेशर कोर्ष सुरु भएको छ । उक्त भलिबल कोर्षको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यबाहक अध्यक्ष सम्पन्न श्रेष्ठले राष्ट्रिय खेल भलिबलको बिकासका लागि रेफ्रि रिफ्रेशर कोर्ष महत्वपूर्ण रहेको बताएका छन ।

रेफ्रिहरुले आफूले सिकेको ज्ञान र शिपलाई आफू भित्र मात्रै सिमित नराखी भलिबल खेलको बिकासमा प्रवाहित गर्न पर्ने भन्दै अध्यक्ष श्रेष्ठले भने–“यसले भलिबल खेलको गौरब बढाउने मात्रै नभई खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने छ ।” यति बेला गण्डकी प्रदेश र जिल्लाहरुमा भलिबल खेलाडीको उत्पादन संख्या घटिरहेको प्रती चिन्ता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले सबैले प्रदेशमा खेलाडी उत्पादनमा आ–आफ्नो तर्फ बाट सहयोग गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष एवम कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले राष्ट्रिय खेल भलिबलको शाख जोगाउन सबैको उत्तिकै महत्वपूर्ण दायित्व रहेको बताउँदै नेपालमा भलिबल खेलको बिकासका लागि संघको योजना अनुरुप रेफ्रि रिफ्रेशर कोर्ष सुरु गरिएको बताए । उद्घाटन कार्यक्रमको समेत अध्यक्षता गरेका गुरुङले उमेर योग्यता र क्षमताका आधारमा रेफ्रिहरुलाई एशियाली स्तरको रेफ्रि कोर्षमा सहभागी गराउने समेत बताए ।

पाँच दिने रेफ्रि रिफ्रशर कोर्षका प्रशिक्षक एवम अन्तर्राष्ट्रिय भलिबल रेफ्रि गौतम प्रसाद लाशिवाले भलिबल खेललाई अझै मर्यादित र अनुशासित बनाउन रेफ्रि रिफ्रेशर कोर्ष आवश्यक रहेको बताए । उनले जिल्ला, प्रदेश र राष्ट्रियस्तरका भलिबल रेफ्रि उत्पादन गरि भलिबल खेललाई नयाँ गती दिने बताए ।

कार्यक्रममा नेपाल भलिबल संघका सल्लाहाकार नारायण प्रशाद शर्मा, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष केशब पाठक, नेपाल भलिबल संघका सचिब डिबी नेपाली लगाएतले बोलेका थिए । पाँच दिन सम्म चल्ने उक्त प्रशिक्षणमा विभिन्न प्रदेशका करिब ६० जना प्रदेश स्तरिय रेफ्रिहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close