क्योकुसिन कराते टोली बंगलादेश जाने

काठमाडौं, २० कार्तिक ।
सत्रौं एसियाली खुला कराते च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएका छन् ।

नोभेम्बर ९ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा राकेश महर्जन र भीमबहादुर थापा तथा महिलामा आस्मी तामाङले खुला तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय कराते अर्गनाइजेसन (आईकेओ) क्योकुसिनकाइ, बंगलादेशको आयोजनामा हुने प्रतियोगितामा राजु तुलाधरले टिम व्यवस्थापक तथा चन्द्रश्याम डंगोल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close