पौडीका गौरिका र एलेक्सद्वारा नयाँ राष्ट्रिय रेकर्ड कायम

पोखरा स्पोर्टस । कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पार्दै रेकर्ड कायम गरेकी जलपरी गौरिका सिंहले आफ्नो पुरानो स्थापित रेकर्डलाई पुनस्थापित गरेकी छिन् ।

गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा आफुले जापाको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरको ३१.४४ सेकेन्ड समयको समयमा ०.६४ सेकेन्डले सुधार गर्दै ३०.८० सेकेन्ड समयको नयाँ रेकर्ड स्थापित गरेकी छिन् ।

गौरिकाको यो दोश्रो राष्ट्रिय किर्तिमान हो । उनले १०० मिटर ब्याकस्ट्रोकमा पनि १ मिनट ५.४७ सेकेन्डको नयाँ किर्तिमान कायम गरेकी थिईन् ।

यस्तै सोही च्याम्पियनसिपमा सहभागिता जनाईरहेका एलेक्सजेन्डर शाहले पनि आफ्नो पुरानो राष्ट्रिय किर्तिमानमा सुधार गर्दै नयाँ किर्तिमान कायम गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।

१०० मिटर फ्रिस्टायलमा एलेक्सले ५२।१७ सेकेन्डको समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरका हुन् । यस अघि एलेक्सले जापानको फुकुवाकामा भएको वल्र्ड एक्वेटिक्स च्याम्पियनसिप २०२३ मा ५२।९४ सेकेन्ड समयको राष्ट्रिय रेकर्ड राखेका थिए ।

अव नेपालको तर्फबाट एलेक्सले ५० मिटर फ्रिस्टायलमा भोली शुक्रबार प्रतिस्पर्धा गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close