क्रिकेट संघ क्यानको बैठक पोखरामा, पहिलो एजेण्डा अध्यक्षको राजिनामा

पोखरा स्पोर्टस । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठक पोखरामा सुरु हँदैछ ।

कैठकका लागि क्यानका अध्यक्ष चतुरा बहादुर चन्दसहितको पदाधिकारीहरु पोखरा आइपुगेका छन् । क्यानका अध्यक्ष चन्दसहितको टोलीले आजै पोखरामा गण्डकी प्रदेशको खेलकुद मन्त्रालयको समेत जिम्मेवारी पाएका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले भेट गरेका छन् ।

यता क्यान संग असुन्तुष्ट रहेको टोलीले आजको बैठकको वटमलाईन अध्यक्ष चन्दको राजिनामा नै अन्तिम हुने बताए । क्यानका केन्द्रिय सदस्य समेत रहेका छुम्बी लामाले भने–“नेपाली क्रिकेटलाई जोगाउनकै लागि हामीले अध्यक्ष चन्दको राजिनामा माग गरेका छौं । आजको बैठकको बटमलाईन त्यही हो । अरु निर्णय वा एजेन्डा भन्दा पनि राजिनामा हाम्रो पहिलो शर्त हो ।”

तर यता बोर्ड बैठकमा क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा, नेपाल टी–२० लिग आयोजनाका लागि सेभेन थ्री स्पोर्टससँग भएको सम्झौता र टी–२० लिगमा भएको विवाद लगायतबारेमा बैठकमा छलफल हुने क्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close