३२ औं यूनिभर्सियाडमा सहभागि हुने फेन्सिङ खेलाडी विजयको बिदाई

पोखरा स्पोर्टस । चिनको छेङदु फिसुमा आयोजना हुने ३२ औं यूनिभर्सियाडमा सहभागि हुन जाने फेन्सिङ खेलाडी विजय अधिकारीलाई बिदाई गरिएको छ ।

पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका विच उनलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बिदाई गरेका हुन् । उनले सो अवसरमा जितको शुभकामना दिंदै नेपाल झण्डालाई अन्तर्राष्ट्रिय खेल मैदानमा फहराउन सफलता प्राप्त हुने गरी प्रदर्शन गर्न आग्रह गरे ।

यसै गरी शनिबार एक कार्यक्रमका विच पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारलेसमेत बिजयलाई विदाई  गरेको कास्की फेन्सिङका अध्यक्ष बिजय शाहीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

बिजय पोखरा १७ विरौटा निवासी हुन् । उनले फेन्सिङतर्फको इपीतर्फ सहभागिता जनाउने छन् । उनी सहित नेपाल फेन्सिङ संघको टोली चिन जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pokhara Marathon 2026


This will close in 3 seconds

Close
Close