बिल तामाङको स्मृतिमा हङकङमा सिक्स ए साइड फुटबल प्रतियोगिता

पोखरा स्पोर्टस । फुटबल प्रशिक्षक स्व. बिल तामाङको स्मृतिमा आयोजित सहारा कप एचके २०२२ खुला सिक्स ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

सहारा क्लब हङकङको आयोजनामा हङकङको जोडर्न पार्कमा आयोजित उक्त प्रतियोगितामा १४ फुटबल टिम सहभागि थिए । प्रतियोगिताको फाइनलमा एस एफसीलाई पराजित जोर्डन एफसीले उपाधि जितेको छ । उपाधि विजेता टिमले हङकङ डलर १५ हजार र उपविजेताले ८ हजार नगद हात पारेका थिए ।

उपाधि विजेतालाई तथा उपविजेतालाई प्रमुख अतिथि स्व. तामाङकी धर्मपत्नी सुनिता मोक्तान तामाङले ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरेकी थिइन ।

समापन कार्यक्रममा क्लबका प्रमुख सल्लाहकार दुर्गाबहादुर गुरुङ, सल्लाहकार देवबहादुर गुरुङ प्रतियोगिताका सहसंयोजक तिलक गुरुङलगायतको सहभागिता रहेको थियो ।

सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको खेलकुद संयोजक खम गुरुङ, संस्थाका महासचिव कुमार गुरुङ, मुख्य प्रायोजक एलजी संगमका प्रतिनिधि दुतराज गुरुङले प्रतियोगिता निरन्तरताको कामना गरे।

क्लब उपाध्यक्ष रहेका बिल तामाङको अघिल्लो वर्ष कोरोनाका कारण नेपालमा निधन भएको थियो । क्लबले उनको योगदानको स्मरण गर्दै फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close