
पोखरा स्पोर्टस । युइए एसीसी पुरुष यू–१९ प्रिमियर कपको च्याम्पियन बनेको छ ।
सोमबार भएको फाइनल खेलमा नेपाललाई २७ रनले पराजित गर्दै युएईले प्रतियोगिताको उपाधि जितेको हो ।
फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य पछाएको नेपालले ३३.२ ओभरमा अल आउट हुदै १२० रन मात्र बनाएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ४५.५ ओभरमा अलआउट हुदै १४७ रन बनाएको थियो ।
नेपाल फाइनलमा पराजित भएपनि आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा भने छनौट भएको छ ।
