
पोखरा, विश्वभरी कोभिड १९ ले महामारीको रुप लिए पछि नेपाल समेत विगत १९ दिन देखि लकडाउनमा रहेको छ । त्यही लकडाउनका विचमा दैनिक ज्याला मजदुरी गर्नेहरु भने यति बेला खाद्यानको संकटमा परेका छन ।
ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्नेहरुको समस्यामा रहेकाहरुलाई मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकीले राहत प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य एवम एकेडेमी गण्डकीका संयोजक राजेश गुरुङले आज ज्याला मजदुरी गर्नेहरुलाई एकेडेमी र परिषदको तर्फ बाट राहत प्रदान गरेका छन ।
पोखरा रंगशालामा कार्यरत केही मजदुरका परिवार लगाएत अन्य स्थानका १३ परिवारलाई राहत प्रदान गरेको राखेप सदस्य गुरुङले जानकारी दिए । राहत सामाग्रीमा चामल, दाल, नुन, वेसार, आलु रहेको छ । पोखरा रंगशाला भित्रै एकदमै शुरक्षित रुपमा रहेर सामाग्री वितरण गर्दै उनले कुनै पनि नागरिक भोकै सुत्न नपरोस भन्नका लागि एकेडेमीले यो पहल गरेको बताए । समस्यमा रहेका मजदुर परिवारहरुलाई करिब १६ हजार रकम बरावरको खाद्यान्न सामाग्री वितरण गरिएको उनले जानकारी दिए ।
राहत सामाग्री आज बाट वितरण गर्न थालिएको र कोही त्यस्ता समस्यामा रहेका ज्याला मजदुरी गर्नेहरु समस्यामा रहे यसलाई निरन्तरता दिने र कोही भए पोखरा रंगशालामा सम्पर्क गर्न पनि राखेप सदस्य गुरुङले आग्रह गरेका छन । उनले राहत सहयोग प्रदान गर्न राखेपका सदस्य सचिब रमेश कुमार सिलवाल र एकेडेमीका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठले समेत आफूलाई सुझाव दिएको बताए ।
राखेप सदस्य गुरुङ अहिले पनि पोखरामा हुने नवौ राष्ट्रिय खेलकुदको लागि फुटबलको बैकल्पिक मैदान बनाउन दैनिक जसो खटिएका छन ।
