
पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ् (एनएसजेएफ)को अध्यक्षमा निराजन अधिकारी निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी प्रकाश तिमिल्सिनालाई पराजित गरेका हुन् ।
मञ्चको बिहिबार सम्पन्न २० औं साधारण सभा तथा निर्वाचनले ११ सदस्यिय कार्यसमिति निर्वाचित गरेको छ ।
मञ्चको प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षहरूमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै महासचिबमा अन्जन खड्का निर्वाचित हुँदा अनिल मल्ल ठकुरी सचिव निर्वाचित भएका छन् ।
कार्यसमितिको कोषाध्यक्षमा मुना कार्की र नमिता दाहाल महिला सदस्यमा निर्विरोध निर्वाचित भए भने सदस्यहरूमा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी निर्वाचित भएका छन् ।
