
पोखरा स्पोर्टस । पोखराको ड्याम साइड क्लवको आयोजनामा यही माघ २० गते देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवर्द्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा हुने भएको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताएका हुन् ।
माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा करिब १९ बिद्यालयहरुको सहभागिता हुने आफुहरुले अपेक्षा गरेको अध्यक्ष बरालले बताए ।
प्रतियोगितामा पोखरा १७ स्थित वडामा रहेका सामुदायिक तथा निजी बिद्यालयहरुले मात्र सहभागि हुन पाउने छन् । एक सातासम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र सान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने छन् ।
हरेक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई ट्रफी प्रदान गरिने भएको छ भने प्रतियोगितामा सर्वोउत्कृष्ट सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्टाइकर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत ट्रफी प्रंदान गरिने भएको प्रतियोगिताका संयोजक विनोद परियारले बताए ।
त्यसै गरी प्रतियोगितामा अनुशासित टिम र उदीयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने छ ।
गत बर्ष शान्ति निकुन्ज बोर्डिङ स्कुल बिजेता तथा बालोदय बोर्डिङ स्कुल उपविजेता रहेको थियो ।
खेलकुदको शहर पोखरामा विगत २०५९ सालदेखि खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लवले विश्वकै चर्चीत खेल फुटवल खेलको तल्लोस्तर (ग्रासरुट) बाट विकास गर्ने उद्धेश्यले विगत ३ बर्ष देखि उक्त प्रतियोगितालाई निरन्तरता दिदै आएको निर्वतमान अध्यक्ष प्रताप गुरुङले बताए ।
ड्यामसाइड क्लबबाट राजेन्द्र तामाङ, रवि थापा, प्रताप शैजु, बसन्त गौचन, विशन गौचन सहितका खेलाडी सहित ए डिभिजनमा खेल्ने करिब २५ जना खेलाडीहरु उत्पादन गर्न सफल भएको क्लवको दाबी छ । क्लवले खेलकुद सहित सामाजिक विभिन्न कार्यक्रम गर्दै आएको पूर्व अध्यक्ष पदम ढकालले जनाए ।
