
पोखरा, २१ असोज ।
पोखराको खेलकुद र सामाजिक कृयाकलापमा उत्कृष्टता प्रदान गर्दै आइरहेको बगर भाइ खलकको तेश्रो साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाको गण्डकी प्रदेश सांसद मोहन रेग्मी, कृष्ण थापा र बिन्दु कुमार थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उनीहरुले सो अबसरमा बगर भाइ खलकको खेलकुद र सामाजिक योगदानको चर्चा गर्दै बगर टुँडिखेलको खेल मैदानको स्त्तरोन्नती र संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा पोखरा महानगर पालिका वडा नं १ की अध्यक्ष शारदा पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राम कृष्ण ज्ञवाली, नेपाल लोकतन्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचन लगाएतले छोटो समयमा पनि बगर भाइ खलकले पु¥याएको योगदानको प्रंशसा गरेका थिए ।
सो अबसरमा साँतौ स्व. रन्जित गुरुङ बगर भइखलक भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा सम्मानित मोतीमान शाक्य र सोही प्रतियोगितामा प्रथम हुने बगर भाइ खलकका खेलाडीलाई सम्मान गरिएको थियो ।
बगर भाइ खलकका अध्यक्ष डिल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा महासचिब याम बहादुर गुरुङले प्रस्तुत गरेको महासचिबको प्रतिबेदन र कोषाध्यक्ष रमेश कुमार श्रेष्ठले प्रस्तुत गरेको कोाषाध्यक्षको प्रतिवेदनलाई पारित समेत गरेको छ ।
यूकेमा समेत बगर भाइ खलकको शाखा गठन गरि बगर भाइ खलकले खेलकुद र सामजिक कृयाकलाप विविध कार्यक्रमहरु गर्दै आइरेहेकोछ भने मुख्य आर्कषक कार्यक्रम मध्ये संस्थाले हरेक वर्ष आयोजना गर्ने भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता समेत हो ।