
पोखरा, १६ असोज ।
नेपालगंजमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद आयोजनाको मिती ठिक दुइ महिना पछी सर्ने सम्भावना बढेको छ । यस अघि मंसिरको २१ देखि २८ का लागि तोकिएको भएपनि पूर्वाधार तयार हुन ढिलाई भएको भन्दै यसलाई माघ २५ देखि फागुन २ गते सम्म सार्ने सम्भावना बढेको हो ।
काठमाडौमा सम्पन्न परिषदको बोर्ड बैठकले ८ औं राष्ट्रिय खेलकुदको मिती सार्ने आधिकारिक घोषणा भने नगरेको सदस्य सचिब केशब विष्टले पोखरा स्र्पोट्सलाई बताए । सदस्य सचिब विष्टले भने– “हामी तोकिएको समयमानै आयोजनागर्न लागिपरेका छौं, तर मुख्य स्टेडियम बनाउन समय लागेको छ हामीले निर्माण कम्पनीलाई समयमा सबै काम सक्न भनिसकेका छौ ।”
दुइ दिन सम्म चलेको परिषदको बोर्ड बैठकले अत्यन्तै महत्वपूर्ण निर्णयहरु गरेको परिषद बोर्डका अध्यक्ष तथा यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले बताएका छन । मन्त्रि विश्वकर्माले अब नेपालको खेलकुदलाई व्यवस्थित बनाउँदै लैजान प्रक्रिया शुरु गरेको बताए । ओलोम्पिक खेल, शाहसिक खेल र परम्परागत खेलहरुको वर्गिकरण गर्न र राज्यको स्रोत साधनलाई सबैको पहुँचमा राख्न वर्गिकरण गर्न लागिएको मन्त्रि विश्वकर्माको भनाई थियो ।
सबै खेललाई वर्गिकृत गरि व्यवस्थित बनाउन राखेपका बोर्ड सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा एक कार्यदल समेत बनाइएको छ । “अब सबै खेलको वर्गिकरण गरि खेलकुदको विधीमा ल्याउने काम हुनेछ” मन्त्रि विशवकर्माले भने । बैठकमा १८ औंं एशियाली खेलकुदका बारेमा समेत गहन समिक्षा गरेको छ । परिषदले तोकेको भन्दा बाहेक नेपाल ओलोम्पिकले आफूखुसी खेलाडीहरु १८ औं एशियाली खेलकुदमा सहभागी गराएकोमा परिषदको वोर्ड बैठकमा छलफल समेत भएको थियो भने १८ औं एशियाली खेलकुदको समयमा भएका कमिकमजोरीहरु नदो¥ह्याउने प्रतिवद्धता समेत बैठकले गरेको छ ।
आठौं राष्ट्रिय खेलकुदमा कति खेल समावेश गर्ने भन्ने बारे समितीको प्रतिवेदन आएपछि निक्र्यौल गरिने सदस्य सचिब विष्टले बताएका छन । उनल भने–“यतिनै खेल समावेश गर्ने बारे टुँगो लागेको छैन यद्यपी समितीको निर्णय आएपछि हामी छलफल गर्छौ ।” तर बैठकमा सहभागी एक सदस्यका अनुसार ३५ खेल बारे चर्चा गरिएको छ जसमा फेन्सिङलाई हटाएर प्याराग्लाइडिङ थपिने छ ।