
पोखरा स्पोर्टस । भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वर्ल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा सहभागी हुन आयोजित छनौट प्रतियोगितामा ५० किलो तौल समुहमा एचटुओकी अस्मिता दुवाल छनौट भएकी छिन् ।
आज सम्पन्न भएको फ्लाई लाईट वैट ५० किलो तौल समुहको फाइनल खेलमा एचटुओका अस्मिता दुवालले नेपाल प्रहरीका दिवाना शेर्मालाई ३ः२ अंक (स्पिलट डिसिसन) को आधारमा पराजित गर्दै छनौट भएकी हुन् । दुवाल र शेर्माले क्रमशः सेमिफाइनल खेलहरुमा आरडीएक्सका रमिशा श्रेष्ठलाई ४ः१ को स्पिलट डिसिजनमा र आर्मीका आरती बम्जनलाई ४ः१ अंक (स्पिलट डिसिसन) को आधारमा पराजित गर्दै फाईनल प्रवेश गरेका थिईन् ।
महिला ५२ केजी तौल समुहको फाईन लखेलमा अन्जनी तेलीले टिएसीका वर्षा श्रेष्ठ लाई ५ः० आधारको आधारमा र ५४ किलो तौल समुहमा मिनु गुरुङले एपीएफका शर्मिला तामाङलाई ५:० अंकको आधारमा जित हासिल गर्दै छनौट भएका छन् ।
महिला फेदर वैट ५७ किलो तौल समुहको फाईनल खेलमा आर्मीका चन्द्र कला थापाले झापाका सुस्मिता राईलाई ५ः० अंकको आधारमा पराजित गर्दै छनौट भएकी छन् । भने ६० किलो तौल समुहको फाईनल खेलमा एपीएफका संगिता सुनारले आर्मीका निरु गुरुङ्गलाई ४ः१ अंकको आधारमा पराजित गर्दै छनौट भएकी छिन् । त्यसैगरी मिडिल वैट ७५ किलो तौल समुहको फाईनल खेलमा एपीएफका सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई ५ः० अंकको आधारमा पराजित गर्दै छनौट भएकि थिईन् ।
नेपाल बक्सिङ संघद्वारा आयोजित राष्ट्रब्यापी खुल्ला छनौट प्रतियोगितामा महिला ४८ किलो तौल समुहमा भर्खरै थाईल्याण्डको राजधानी बैंकक सहरमा एएसबिसी द्वारा आयोजित यू–२२ एशियन च्याम्पियनसिपमा रजत पदक विजेता सुस्मा तामाङलाई संघको निर्णय अनुसार यस अघि नै छनौट गरेको छ ।
त्यसै गरी ५० किलो मा अस्मिता दुवाल, ५२ किलोमा अन्जनी तेली, ५४ किलोमा १३ औँ सागका स्वर्ण पदक विजेता मिनु गुरुङ, ५७ किलो तौल समुहमा चन्द्रकला थापा, ६० किलो तौल समुहमा संगिता सुनार र ७५ किलो तौल समुहमा सरस्वती रानामगर गरि जम्मा ७ जना खेलाडीहरु छनौट भएको संघका प्रवक्ता श्यामकाजि अवालेले जानकारी दिएका छन् ।
छनौट भएका खेलाडीहरु मध्यबाट उत्कृष्ट खेलाडीहरुलाई मात्र भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वर्ल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा सहभागीता गराउने छ ।
