‘धन भन्दा मन ठूलो’ भएका-‘सूर्य गुरूङ’! एक साता अन्तरालमा चार संस्थाद्वारा सम्मानित

पोखरा स्पोर्टस । मनबाट गर्ने सामाजिक सेवा भन्दा ठूलो पूण्य अरु केही छैन । त्यही कुरा लागु हुन्छ सूर्य गुरूङमा । बेलायतलाई कर्मथलो बनाएका उनको सामाजिक सेवाको यात्रा त्यस्तै छ ।  उनी निरन्तर रूपमा समाजसेवामा क्रियाशील छन् । केही दिनका लागि आफ्नो मातृभूमी आएका उनलाई मौका छोपेर चार–चार वटा संस्थाहरुले सम्मान गरे । समाजसेवामार्फत सबैलाई सम्मान दिन जानेको उनले सम्मान लिन संधै हिच्किचाउँछन् । उनी आफू अझै त्यो लायक छु भन्ने ठान्दैनन् । अहिले उनी आफै अचम्भित छन् सम्मान ग्रहण गर्न पर्दा । तर  उनको त्यो वडप्पन पनि हो । 

सन् २०१३ देखि हेल्प नेपाल नेटवर्क यूकेका लागि कोष अभिवृद्धिको संयोजक समेत भएर १ करोड २० लाख संकलन गरेका सूर्यले यूके फार्नबरोस्थित आफ्नै गोर्खा प्यालेस रेस्टुरेन्टको वार्षिकोत्सवमा विगत २५ वर्षदेखि निरन्तर च्यारिटी अभियानमा छन् । उनले गत २५ वर्षको यो अभियानमा १ करोड भन्दा बढी रकम नेपालको शिक्षा र खेलकुद क्षेत्रको विकासमा योगादन दिएका छन् । त्यो मात्रै होइन २०७२ सालको महाभुकम्पमा बेलायतस्थित नेपाली दतावासले गठन गरेको सहयोग संकलन समितिमा संयोजक रहेर उनले ८ करोड भन्दा बढि रकम संकलन गरी दुःख र पिडामा परेका नेपालीहरुको मनोबल उठाउन अहम भूमिका खेलेका थिए । 

पोखरा १ निवासी सूर्यको सामाजिक कार्यको यात्रा २०६१ सालमा सुरू भएको हो । जति बेला उनले बेलायतमा पोखरा रंगशाला पर्खाल निर्माण समितिमा संयोजकको जिम्मेवारी पाए । ‘मेरो यो जिवनको लागि टर्निङ पोइन्ट थियो’–उनले भने । त्यस अघि यूकेमा नै व्यवसायमा व्यस्त उनले त्यो जिम्मेवारीलाई निकै जिम्मेवारीका साथ सम्पन्न गरे ।

करिव १ करोडको लागतमा निर्माण सम्पन्न भएको पोखरा रंगशाला निर्माणका लागि उनको नेतृत्वमा ५२ लाख रुपैयाँ संकलन भयो । जिवनको यात्रामा कहिले कहाँ र कसरी परिवर्तन आउँछ त्यो कसैले पनि सोच्न सक्ने विषय होइन । उनलाई समितिमा रहेर साथ दिने डा.जित गुरूङ, मुछेत्र गुरूङ र सिङ्गो तमु धिं यूकेको साथ उनले पाए । तमु धिंको अध्यक्षमा तत्कालिन संस्थापक मिन प्रसाद गुरूङ थिए ।

तमु धिं मात्रै होइन सिङ्गो नेपाली समाजलाई उनले रंगशाला पर्खाल निर्माणमा एक जुट बनाए । आफ्नो उमेरको ३६ वर्षको यात्रामा उनी पहिलो सामाजिक यात्रामा नै खरो उत्रिए । के विदेशी के नेपाली के आफन्त के परिवार सबै सूर्यकै बोली बोले । पर्खाल निर्माण कार्य सफलिभूत पार्नमा कस्सिए । यूकेकै ठूलो सहयोगमा पर्खालले स्वरुप पायो । ६ वटा गेट बने । पोखरा रंगशालाको ४१५ रोपनी जग्गा संरक्षण सम्पन्न भयो । जुन नेपाली खेलकुदमा संधै अविष्मरणिय बनाउनेमा सुनौलो अक्षरले नाम लेखाए ।

त्यही पर्खाल निर्माण सम्पन्न भएको २० वर्ष पछि प्रदेश खेलकुद परिषदले संयोजक सूर्य गुरूङसहित समितिका सबै सदस्यहरुलाई सम्मान गर्‍यो । उनी आफै छक्क परे । उनी सामाजिक कार्य त गर्छन तर सम्मानबाट टाढा भाग्छन् । तर यो सरकारी निकायको सम्मान थियो । उनले ग्रहण गरे । सोही क्रममा पर्खाल निर्माणका लागि पहल गर्ने नेपाल भूतपूर्व खेलाडी मञ्चले समेत त्यो योगदानको पुनः स्मरण गर्दै उनीसहित सबैलाई सम्मान गर्यो । यो सहित पोखरामा उनलाई दोस्रो सम्मान थियो ।

नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने पोखरा अन्तर्राष्ट्रिय म्याराथन, आहा रारा पोखरा गोल्डकपमा सहभागिता जनाउन पोखरा आएका सूर्यलाई बगर भाइ खलकले सम्मान गर्यो । उनको यो तस्रो सम्मान थियो । बगर भाइ खलकले स्थापना गरेको अक्षयकोषमा उनले ५ लाख दिएर सहयोग गरेका छन् । विपन्न वर्गका बालकहरुको फुटबल प्रशिक्षणका लागि संकलित अक्षयकोषमा उनको योगदान अर्थपूर्ण मात्रै होइन महत्वपूर्ण छ । उनको यो सोच नेपाली फुटबल खेलको विकासमा कोशे ढुङ्गा हुनेमा आफू विश्वस्त छन् ।

यसै क्रममा सूर्य पुनः चौथो पटक सम्मानित भए । उनलाई तमु सांस्कृतिक प्रतिष्ठानले सम्मान गर्यो । प्रतिस्ठानले तमु विद्यार्थीहरुको शिक्षाको विकासका लागि सुरू गरेको अक्षयकोष अभियानमा उनी पहिलो दाता थिए । त्यो अक्षय कोष अभियानमा यतिबेला हजारौं जोडिएका छन् । सो अक्षयकोषबाट विपन्न र जेहेन्दार विद्यार्थीहरुले आफूले चाहेको शिक्षा आर्जनका लागि प्रतिष्ठानले सहयोग गर्ने गरेको छ ।

यूकेमा आफ्नो व्यवसाय संगै सामाजिक कार्यमा व्यस्त रहेका सूर्य ‘च्यारिटी किङ’ उपनामले समेत परिचित छन् । तर उनी त्यो सुन्ने वित्तिकै भन्छन–‘त्यो नभन्दिनुस न । साथीहरुले मलाई भन्ने गर्नुहुन्छ । तर म अझै त्यो ठाउँमा पुग्न सकेको छैन ।’ उनको उत्तरमा सहजता छ । गैर आवाशिय नेपालीहरुको साझा संस्था ‘गैर आवाशिय नेपाली संघ यूकेको सन् २००९ देखि २०११ सम्म अध्यक्ष समेत हुँदै यति बेला उनी गैर आवाशिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रिय सल्लाहकार पदमा छन् । बेलायतका नेपाली समुदायको अग्रणी जातीय संस्था तमु धीं यूकेको संस्थापक कोषाध्यक्ष तथा हाल ट्रस्टी समेत हुन् ।

सन् २०१३ देखि हेल्प नेपाल नेटवर्क यूकेका लागि कोष अभिवृद्धिको संयोजक समेत भएर १ करोड २० लाख संकलन गरेका उनले यूके फार्नबरोस्थित आफ्नै गोर्खा प्यालेस रेस्टुरेन्टको वार्षिकोत्सवमा विगत २५ वर्षदेखि निरन्तर च्यारिटी अभियानमा छन् । उनले गत २५ वर्षको यो अभियानमा १ करोड भन्दा बढी रकम नेपालको शिक्षा र खेलकुद क्षेत्रको विकासमा योगादन दिएका छन् । त्यो मात्रै होइन २०७२ सालको महाभुकम्पमा बेलायतस्थित नेपाली दतावासले गठन गरेको सहयोग संकलन समितिमा संयोजक रहेर उनले ८ करोड भन्दा बढि रकम संकलन गरी दुःख र पिडामा परेका नेपालीहरुको मनोबल उठाउन अहम भूमिका खेलेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close