
पोखरा स्पोर्टस । गण्डकी प्रदेशको ह्याण्डवलको टोली उदयपुर प्रस्थान गरेको छ ।
उदयपुर जिल्ला ह्याण्डवल संघको आयोजनामा यही चैत २१ देखि २४ गतेसम्म वेलका नगरपालिकामा संचालन हुने खुल्ला राष्ट्रिय पुरुष ह्याण्डवल प्रतियोगितामा सहभागिताको लागि गण्डकी प्रदेशको टोली आइतबार उदयपुर प्रस्थान गरेको हो ।
राष्ट्रिय खेलाडी बिशाल नेपालीको कप्तानीमा उदयपुर प्रस्थान गर्नु पूर्व कास्की जिल्ला ह्याण्डवल संघले प्रदेशका खेलाडीलाई पोखरा रंगशालाबाट खादा लगायर बिदाई गर्दै सफलताको कामना गरेको छ ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज बहादुर गुरुङले प्रशिक्षक शुभास गुरुङ सहितको टोलीलाई विदाई गर्दै आफ्नो प्रदेशको नाम उचो राख्ने गरी उच्च मनोवल लियर खेल खेल्न आग्रह गरे । खेलमा जित हार भन्दा पनि उत्कृष्ट खेल प्रदर्शन सहित अनुशासनमा रहनु आवश्यक भएको उनको भनाई थियो ।
प्रतियोगितामा राष्ट्रिय तथा युवा खेलाडीहरुको टोलीले प्रदेशको प्रतिनिधित्व गरेको संघका कार्यवाहक अध्यक्ष चित्र थापाले बताए ।
टोलीमा राष्ट्रिय खेलाडी दिनेश श्रेष्ठ, दिपेश बुढाथोकी, निकेस गुरुङ, तारा केसी, पवन छन्त्याल, मनिस घर्ति, अतित गुरुङ, कुसल गुरुङ, चन्द्र केसी, सुदिप गुरुङ र सविन गुरुङ रहेका छन्। टोलीको व्यबस्थापकमा भने याम गुरुङ रहेको संघका सचिव टेक बहादुर गुरुङले जनाए ।
