युकेमा हुने गोर्खा कपमा पहिलो पटक सहभागिता जनाउँदै ‘पोखरा’

पोखरा स्पोर्टस । बेलायतमा रहेको तमु हरुको साझा संस्था तमु धीं यूकेले आयोजना गरेको २१ औ गोर्खा कपमा सहभागिता जनाउन नेपालबाट पहिलो पटक पोखराले सहभागिता जनाउने भएको छ ।

बेलायतमा आगामी मे २८ (जेठ १२ गते) देखि सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका इश्वर गुरुङ ‘चन्द्र’को नेतृत्वमा १५ सदस्यीय टोली आज (आइतबार) बेलायत प्रस्थान गरेको हो । पोखरेली टोलीले भेट्रान्सतर्फको प्रतियोगितामा सहभागिता जनाउने भएको छ । 

टोलीमा इश्वर (चन्द्र) गुरुङ, अमित (जोन) गुरुङ, अबतार गुरुङ, एन्फा कास्की अध्यक्ष उज्वल रन्जित, राजेन्द्र तामाङ, कुमार गुरुङ, जमान सिंह दुरा, राजु हमाल, नरेन्द्र जङ्ग (मुखिया) गुरुङ, अभिषेक पिया, विजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेक बहादुर गुरुङ र सचिन श्रेष्ठ रहेका छन् ।

खेलाडीहरुलाई बेलायतमा रहँदा बगर भाईखलक यूकेको व्यवस्थापन गर्ने छ भने तमु धि यूकेले संयोजन गरेको छ । टोली बेलायत करिब दुई साता बस्नेछ । 

गोर्खा कप फुटबल प्रतियोगितामा ३५ भन्दा वढि टिमको सहभागिता रहेको छ । जुन प्रतियोगिता एक दिनमा सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close