हिमाल र वियन्कालाई स्वर्ण

पोखरा स्पोर्टस । आयोजक काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम ९एनआरटी० का हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम÷एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । यु–१९ जुनियर सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा वियन्का पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई ११–६, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरे । केकेएम÷एनआरटीका धनन्जय दाहाल र एपीएफका रुविन महर्जन तेश्रो भए ।

गल्र्सको उपाधि भिडन्तमा वियन्काले मोर्डन कलेजकी दिया देउलालाई १२–१०, ८–११, ११–७ र ११–८ को सेटमा हराए । नेपाल आर्मीकी सुष्मिता खड्का र केकेएम÷एनआरटीकी अन्जु सुवालले कांस्य हात पारे । पुरुष÷महिला खुला सिंगल्समा क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close