पोखरा रंगशालामा बैशाख मसान्त सम्म खेलकूद गतिबिधीमा रोक

पोखरा स्पोर्टस । पश्चिमाञ्चल क्षेत्रिय खेलकूद विकास समिती र कास्की जिल्ला खेलकूद विकास समितीले एक सूचना प्रकाशित गर्दै वैशाख मसान्त सम्म रंगशालामा खेलकूद गतिविधीमा रोक लगाएका छन ।

विश्वभर तिव्र रुपमा फैलिरहेको कोभिड १९ को दोश्रो लहर पोखरामा समेत बढ्न थाले पछि पोखरा रंगशालामा खेलकूद गतिविधीमा रोक लगाइएको हो । राष्ट्रिय खेलकूद परिषदको निर्णय अनुसार रंगशालामा खेलकूद तथा दैनिक सञ्चालन भइरहेका खेलकूद प्रशिक्षणमा रोक लगाइएको क्षेत्रिय खेलकूद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले पोखरा स्पोर्टसलाई बताए ।

समितीद्वारा सूचना वैशाख ९ गते देखि बैशाख मसान्त सम्म कुनै पनि खेलकूद गतिविधी, शभा तथा प्रशिक्षणहरु सञ्चालन नर्गन आग्रह गर्दै यदि अटेर गरी कुनै कार्यक्रम गरेमा त्यस्को जिम्मेवार समिती नहुने जारी सूचनामा जनाइएको छ । तर समितीले ओलम्पिकको तयारीका वन्द प्रशिक्षणमा रहेका खेलाडी र कार्यालयका कर्मचारीहरुले भने स्वास्थ्य मापदण्ड अनुसार सजगता अपनाई स्वय जिम्मेवार रुपमा कार्य गर्ने जनाइएको छ ।

कोभिड १९ कै कारण गत वर्ष समेत पोखरा रंगशालामा करिव २ महिना सम्म कुनै कार्यक्रमहरु सञ्चालनमा रोक लगाइएको थियो । तर केही दिन यता कोभिड १९ को महामारी पुनः बढ्न थाले पछि समितीले खेलकूद गतिविधीमा रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close