
पोखरा स्पोर्टस । सहारा क्लब पोखराले शुभकामना आदान प्रदान संगै खेलकुद पत्रकारहरु संग मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
पोखरा १७ स्थित सहारा एकेडेमीमा क्लवले वडा दशैँको अवसरमा खेलकुद पत्रकारसँग मैत्रीपूर्ण फुटबल खेलसँगै वडा दशैँको शुभकामना तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा पोखरा १७ की वडा अध्यक्ष राधिका कुमारी शाहीले क्लबका लागि आफ्नोतर्फबाट सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले पर्यावरणको लागि वृक्षरोपण आवश्यक भएको बताउदै दोविल्ला संरक्षण गर्न २० लाख विनियोजन भएको जानकारी गराइन् ।


स्थानीय सरकारले अन्य सरकारसँग समन्वय गर्दै दोविल्ला संरक्षण र हरियाली वातावरण बनाउने अभियानमा लाग्ने लाग्ने बताइन् । तिनकुने देखि दोविल्लासम्म विश्व बैंकले केहि योजना बनाउने चासो देखाएका बताइन् । साथै वडाकपका लागि मैदान अभाव हुँदा वडाका युवाहरुले असन्तुष्टि व्यक्त गरेको सुनाउँदै वडा अध्यक्ष शाहीले प्रतियोगिताको लागि एकेडेमीको मैदान उपलब्ध गराईदिन समेत आग्रह गरिन् ।
क्लवका संस्थापक अध्यक्ष वसन्त थकालीले दशैँ पर्वलाई सामाजिक संजालमा समाजलाई विखण्डन गर्न खोजिएकोले यसमा सचेत हुनुपर्नेमा जोड दिए । नेपालीहरु एकताको सुत्रमा बाधिनु पर्ने उनले बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले सहारा एकेडेमी सहित दोविल्ला बचाउनुपर्नेमा जोडदिए ।
सहारा क्लव हङहङका अध्यक्ष दीपक गुरूङले दोविल्लाको संरक्षणका लागि फुर्सेखोलामा चेकड्याम निर्माण गर्नुपर्ने बताए ।
आजीवन सदस्य विश्वराज बरालले प्रत्येक वडामा खेलकुद मैदान बनाउने अभियान अन्तर्गत एकेडेमीमा थप मर्मत सम्भार गर्न आग्रह गरे । एकेडेमीलाई वडाको खेलकुद गतिविधिमा समेत समेट्न सक्ने आश्य व्यक्त गरे ।
क्लबका मानार्थ सदस्य महेश गुरूङले सहारा एकेडेमी बचाउन स्थानीय सरकार लाग्नु पर्ने बताए । सल्लाहकार मदन केसीले २५ बर्ष अघि परिकल्पना गरिएको एकेडेमीको स्मरण गर्दै सहारा क्लबले फुटबल मात्र नभई सामाजिक कार्यसमेत गर्दै आएको बताए ।
सो अवसरमा सहारा क्लबका अध्यक्ष केशवराज बराल, महासचिव रामजी प्रसाद अधिकारी, संयोजक केशर पौडेल, सदस्य सन्दीप सुवेदी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
यस्तै मैत्रीपूर्ण खेलमा सहारा क्लबले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई २–१ गोलले हराउन सफल भएको छ ।
