केन्पो खुकुरी मार्शल आर्ट संघ कास्कीको अध्यक्षमा अर्जुन केसी

पोखरा, १८ भदौ ।
नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघ, कास्कीको प्रथम जिल्ला भेला तथा साधारणसभाले अर्जुनबहादुर केसीलाई अध्यक्षमा र्वसम्मत चयन गरेको छ ।

सम्पन्न भेलाले उपाध्यक्षमा बेनबहादुर गुरुङ, सचिवमा अविलास गुरुङ र कोषाध्यक्षमा गौरी गुरुङ सर्वसम्मत चयन गरेको छ । त्यसैगरी, सदस्यहरूमा भरत देवकोटा, सन्तोष गुरुङ, विष्णु चापागाईं, सरस्वती विक ‘सरु’, राजु गुरुङ, मनलाल गुरुङ र भाइराज राना रहेका छन ।

यसअघि, भेलाको उद्घाटन गर्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले नयाँ खेल आफ्नो जिल्लामा भित्रिनु खुशीको कुरा भएको बताए । अन्य खेलकुद संघजस्तै झोले संघ नबन्न सुझाव दिँदै अध्यक्ष गुरुङले संघको गठनले खेलकुद क्षेत्रको विकासका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघकी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज दिलु गुरुङले नयाँ खेलको विकासका लागि एकजुट भएर अघि बढ्न नवनिर्वा्चित नेतृत्वलाई आग्रह गरिन । युवा संघ नेपालका केन्द्रीय सचिव पूर्ण लामाले युवाहरू एकजुट भएर नयाँ खेलको विकासमा लागेकोमा खुशी व्यक्त गर्दै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता गरे ।

नेपाल केन्पो खुकुरी मार्शल आर्ट संघ, गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले संघको स्थापना, यसले गरेका गतिविधि र भावी कार्ययोजनाका विषयमा जानकारी गराएका थिए । संघका प्रदेश सदस्य एवं कास्की जिल्ला इञ्चार्ज मिकास गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एवं गायक सन्तोष बस्याल र संघका प्रदेश महासचिव रूद्रबहादुर श्रीसले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close