
पोखरा, १४ भदौ ।
राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सबको अवसरमा कास्की जिल्ला खेलकुद कर्मचारी संघले पोखरामा गण्डकी प्रदेश स्तरीय अन्तर सरकारी कार्यालय संस्थान/कर्मचारी व्याडमिन्टन प्रतियोगिता विहिबार बाट शुरु भएको छ ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका काबा अध्यक्ष सम्पन्न श्रेष्ठले एशियाडमा नेपाली प्याराग्लाइडिङ खेलले नेपालका लागि पदक ल्याउनु सबैका लागि सुखद रहेको बताए ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख एवम कर्मचारी संघका अध्यक्ष लक्ष्मण योगीको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, अन्तर संस्थान कर्मचारी संघका सचिब प्रकाश बराल, भलिबल संघका केन्द्रिय सचिब डिवी नेपाली लगाएतले शुभकामना दिएका थिए ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र जिल्ला खेलकुद बिकास समिती कास्कीको तत्वाधानमा यहि भदौ १४ र १५ गते गरि दुइ दिन सम्म चल्ने प्रतियोगितामा पुरुष सिगल्स तर्फ १६ र डबल्स तर्फ १६ टिम र महिला तर्फ सिंगल्समा ४ टिमको सहभागिता रहेको कास्की जिल्ला खेलकुद कर्मचारी संघका अध्यक्ष अरुणदत्तले बताए ।
प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र ५० वर्ष भन्दा माथी भेट्रान्स डबल समावेश गरिएको प्रतियोगिताकी संयोजक कौशिला खत्रीले बताइन । प्रतियोगितामा बिजयी खेलाडीलाई ट्रफीका साथमा प्रमाणपत्र र प्रतियोगितामा प्रथम हुने कार्यालयलाई समेत ट्रफी प्रदान गरिने छ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती र जिल्ला खेलकुद बिकास समिती कास्कीले नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सबलाई भव्य रुपमा सम्पन्न गर्न सरसफाई, रक्तदान, दिपावली लगाएतका कार्यक्रमहरु समेत सम्पन्न गरिएको छ ।