१५औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड : तेक्वान्दोमा गण्डकीलाई ७ पदक

पोखरा स्पोर्टस । काठमाडौंमा सम्पन्न १५औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दोतर्फ गण्डकीले कुल ७ वटा पदक जित्न सफल भएको छ । गण्डकीले सम्पन्न प्रतियोगितामा ४ रजत र ३ काश्य पदक जितेको टिमकी प्रशिक्षक रेख माया गुरूङले जानकारी दिएकी छन् ।

पुम्सेतर्फ पुरुषतर्फ सचिन बी.क र महिलातर्फ प्रतिक्षा राणा दुवैले दोश्रो स्थान हासिल गर्दै रजत पदक जितेका छन् ।

क्योरूगी स्पर्धा अन्तर्गत ४८ केजी तौल समूहमा ताजिन बुढाथोकीले दोश्रो स्थान प्राप्त गरे भने ५१ केजीमा अजय घर्ती क्षेत्रीले पनि दोश्रो स्थान हात पार्न सफल भए ।

महिलातर्फ ४२ केजीमा बिपासा कुमाल, ४४ केजीमा युना कुमाल र ४६ केजीमा जानकी राणाले उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गर्दै काश्य पदक जितेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close