काठमाण्डौमा टेबल टेनिसको एकेडेमी संचालन

पोखरा स्पोर्टस । काठमाण्डौको खुसिवुस्थित पलेस्वान मार्गमा टेबल टेनिसको एकेडेमी संचालनमा आएको छ । टेबल टेनिसकी ८ पटककी बिजेता नविता श्रेष्ठ (महर्जन)को अग्रसरतामा उक्त एकेडेमी खुलेको हो ।

एकेडेमीको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं विधटित प्रतिनिधी सभाका माननिय साँसद जीवन राम श्रेष्ठले सोमबार एक कार्यक्रमबिच उद्घाटन गरे । एकेडेमीमा हाल तीन टेबल टेनिस बोर्ड रहेको छ ।

एकेडेमीको बारेमा जानकारी गराउँदै एकेडेमीकी संचालक नविताले धेरै अगाडी देखि एकेडेमी संचालन गर्ने सोच रहेको र त्यसलाई परिवारको सहयोग र साथले साकार भएको बताईन् । ‘डिप्लोमा पढ्दा देखि एकेडेमी संचालन गर्ने सोच बनाएको थिए । १३ औं साग पश्चात खेलाडी भन्दा पनि कोचको भूमिकामा आफुृलाई उभ्याउने सोच बनाएको थिए त्यसैलाई यथार्थता प्रदान गर्न एकेडेमी स्थापना गरेको हो’ उनले बताईन् ।

विभिन्न देशमा जाँदा त्यहाँको एकेडेमी र टेबल टेनिसको बिकासले आफुलाई यस क्षेत्रमा अघि बढ्ने प्रेरणा प्रदान गरेको नविताले बताउँदै कतिपय राम्रा खेलाडीहरु आर्थिक अभावका कारण तथा समयको अभावले पढाई र खेललाई संगसंगै लैजान नस्कनाका कारण विचमानै खेल छोड्नु पर्ने अवस्था देखिएको ले अव त्यसलाई यस एकेडेमीले पूर्ति गर्ने उनको भनाई थियो । उनले आगामी दिनमा खेलाडीहरुको लागि विभिन्न विद्यालयहरुमा छात्रबृत्तीका लागि पहल गर्ने साथै छात्राबास समेत संचालन गर्ने सोच बनाएको बताईन् । यस कार्यले आगामी दिनमा उपत्यका बाहिरबाट आएका खेलाडीहरुका लागि सहज हुने बताईन् । उनले आगामी दिनमा टेबल टेनिस खेललाई ब्यावसायिकता तर्फ अग्रसर गर्नु पर्नेमा समेत जोड दिईन् ।

एकेडेमीको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं विघटित प्रतिनिधी सभाका साँसद माननिय जीवन राम श्रेष्ठले एकेडेमी संचालन गरेकोमा शुभकामना प्रदान गर्दै खेल जीवन पश्चात खेलाडीहरुले भविष्यको सुनिश्चितता नहुनुका कारण विचमा नै खेल छोड्ने अथवा खेलमा उच्चता प्रदर्शन गर्न नसकेको बताए । उनले नविताले अन्य जीवन यापनको मार्ग नखोजी आफ्नै खेल क्षेत्रमा लगानी गरि जीवन यापन लगायत खेल क्षेत्रको बिकासमा लाग्ने जुन कदम उठाएको छिन् त्यसका लागि नविता लगायत परिवारलाई धन्यवाद प्रदान गरे ।

कार्यक्रमलाई शुभकामना प्रदान गर्दै नेपाल टेबलटेसि संघका अध्यक्ष, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले काठमाण्डौ र ललितपुरमा पनि एकेडेमी रहेको र सवैको उद्धेश्य भनेको स्तरिय खेलाडी उत्पादन गर्नेनै हो भन्दै एकेडेमीको उद्धेश्य प्राप्तीका लागि शुभकामना प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close