एनपिएल टिम पोखरा एभेन्जर्सले पोखरामा फिटनेश ट्रेनिङ सुरू गर्दै

एनपिएल ट्रफी अन्नपूर्ण वेसक्याम्पमा अनावरण गर्ने तयारी

पोखरा स्पोर्ट्स । नेपाली फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागि पोखरेली टिम पोखरा एभेन्जर्सले आफ्नो तयारी सुरू गर्ने भएको छ ।

पोखरा एभेन्जर्सले भदौ ५ गतेबाट पोखरामा फिटनेश ट्रेनिङ गर्न लागेको पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले पोखरा स्पोर्ट्स संगको कुराकानीमा जानकारी दिएका हुन् । पोखरा एभेन्जर्सलाई राजेश चौहानले ट्रेनिङ दिने भएका हुन् । उनी हाल अफगानिस्तान टिमको प्रोफेशनल स्ट्रेन्थ एण्ड कन्डिशनिङ कोचको रुपमा कार्यरत छन् । उनी यस अघि नेपाली राष्ट्रिय टोलीमा रहेर कार्य गरेका थिए ।

पोखरा एभेन्जर्सले आफ्नो टिममा कुशेल भुर्तेललाई मार्की प्लेयरको रुपमा रिटेन गर्दा पहिलो सिजन खेलेका गण्डकीका विपिन खत्री समेत टिममा रिटेन गरेका छन् । त्यस्तै गण्डकी थप तीन जना खेलाडीलाई पोखरा एभेन्जर्सले टिममा समावेश गरेको छ । टिममा पहिलो पटक अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दिप खत्रीलाई अनुवन्ध गरेको छ । अर्जुन भने यस अघि कर्णाली याक्सबाट पहिलो संस्करणको एनपिएलमा सहभागि थिए ।

यो संगै सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, त्रितराज दास, दिनेश खरेल र अभिषेक तिवारीलाई पोखरा एभेन्जर्सले टिममा समावेश गर्दै सन्तुलित टिम बनाउने प्रयास गरेको छ । टिमको प्रशिक्षकमा आएपिएल चेन्नई सुपर किंग्सका प्रशिक्षक राजिव कुमार रहेका छन् भने एसोसियट प्रशिक्षकमा रिजन प्रजु रहेका छन् ।

टोलीमा अब थप तीन विदेशी खेलाडी समावेश हुने र सो को प्रक्रिया सुरू गरिएको अध्यक्ष त्रिपाठीले बताए । उनले भने–“हामी पोखराको टिमलाई उत्कृष्ट कनाउने प्रयास गर्दैछौं । दोस्रो सस्करण फल्ड् लाइटमा खेल्नु पर्ने भएकोले टोलीलाई मित्रराष्ट्र भारतमा प्रशिक्षण दिने तयारी पनि सुरू गरेका छौं ।”

अध्यक्ष त्रिपाठीले पहिलो तयारी फिटनेश ट्रेनिङबाट सुरूवात गर्ने बताउँदै टिमलाई शारिरीक र मानशिक रुपमा बलियो बनाउन अन्य आवश्यक उपायहरु समेत अवलम्वन गरिने बताए ।

यसैबीच, एनपिएलको ट्रफी टुर अन्तर्गत यसपटक अन्नपूर्ण बेसक्याम्पमा ट्रफी अनावरण गर्ने तयारी भएको छ । अध्यक्ष त्रिपाठीका अनुसार प्रदूषण र वातावरणीय असरका कारण हिमालमा देखिएको जोखिमलाई उजागर गर्ने उद्देश्यले ट्रफी बेसक्याम्पमा अनावरण गर्न लागिएको हो । उनले भने, “यो एक उच्चतम स्तरको सचेतना अभियान हुनेछ । खेलकुदमार्फत हामीले वातावरणीय सन्देश दिन चाहेका हौं ।”

एनपिएलको ट्रफी दुई दिनका लागि पोखरा ल्याउने तयारी भएको जनाउँदै अध्यक्ष त्रिपाठीले स्याङजा र तनहुँको दुलेगौंडामा समेत ट्रफी टुर गराइने बताए । 

पहिलो संस्करणको एनपिएल जनकपुर बोल्ट्सले जितेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close