प्रधानमन्त्री कप ब्याडमिन्टन : प्रफुल र रुकेशको जोडी सेमिफाईनलमा

पोखरा स्पोर्टस । त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेका छन् ।

महर्जन जोडीले नेपाल पुलिस क्लबका सुनिल जोशी र अमन श्रेष्ठको जोडीलाई २१– १०, २१–१५ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् । महर्जन जोडीले फाईनल प्रवेशका लागि कास्कीका बिधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । बिधान र लिनथेपको जोडीले नखिपोटका बिवेक कन्दङ्गवा र नेल्सन राईको जोडीलाई २१–१२, २१–१४ ले पराजित गरे ।

यस्तै एपिएफका प्रिन्स दाहाल र बिजित थापा मगरको जोडीले पनि सेमिफाईनल यात्र तय गरे । उक्त जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमित महर्जनको जोडीलाई २१–१८, २१–१९ ले पराजित गर्दै सेमिफाईनलमा पुलिसका जिवन आचार्य र बिष्णु कटुवालको जोडी संगको भेट पक्का गरे । जिवन र बिष्णुको जोडीले आर्मीका देवराज राना र रोशन साउदको जोडीलाई २१–१५, २१–८ले पराजित गर्दै दाहाल र थापा मगरको जोडी संगको भेट पक्का गरेका हुन् ।

नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको ब्यवस्थापनमा भएको प्रतियोगिताको ब्वाईज यु ११ तर्फको खेलमा आर्मीका दीप थिङ्गले आई।बि।एस।सी।का प्रशान्त बुढाथोकीलाई २१–११, २१–१९, सूर्यदर्शन ब्याडमिन्टन एकेडेमीका आदित्य थारुले कपिलबस्तुका विराट बस्नेतलाई २१–११, १९–२१, २१–१६, आई.बि.एस.सी.का प्रिन्स थापा मगरले महाबौद्ध युथ क्लबका आर्भ शाक्यलाई २१–१४, २१–१० तथा दोलखाका आर्नभ श्रेष्ठले आइ.बि.डी.सी.का अक्षत ढुङ्गेललाई २१–१६, १८–२१, २१–१५ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाए ।

यस्तै गर्ल्स यु १३ तर्फको खेलमा डिबिएकी अश्मिता खत्रीले आर्मीकी समृद्धि श्रेष्ठलाई २१–१६, २१–१९, बेलटार ब्याडमिन्टन एकेडेमीका दिया राईले भक्तपुरकी स्वर्लिन श्रेष्ठलाई २३–२१, २१–१६, एम।बि।बि।एफ।की निभा राईले दोलखाकी रितिका श्रेष्ठलाई २१–८, २१–९ र ललितपुरकी टिशा रानी शाक्यले आर्मीकी एजिरेन्का शेरचनलाई २१–९, २१–२ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे ।

यसै बिधाको ब्वाईज तर्फको खेलमा आर्मीका रिजन मगर र दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१–१२, २१–१४, सुहम कार्कीले आर्मीका दीप थिङ्गलाई २१–१५, २१–८, एपिएफका आरुष सिमखडाले देवीनगरका प्रवल श्रेष्ठलाई २१–१५, २१–१० र आर्मीका सुदेश राजकोटीले आ।बि।डि।सी।का अक्षत ढुङ्गेललाई २१–१०, २१–५ ले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close