भिमाद नगरपालिकाले उचाल्यो प्रदेशस्तरीय अध्यक्ष कप भलिबलको उपाधि

पोखरा, २७ फागुन । तनहुँको भीमाद नगरपालिकाले रुपा गाँउपालिकाद्वारा आयोजित प्रदेशस्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि उचालेको छ ।

स्थानीय तह स्थापना दिवसको अवसरमा रुपाले आयोजना गरेको प्रतियोगितामा भिमादले स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई चौथो सेटमा पराजित गर्न सफल बनेको हो । रुपा गाउँपालिका वडा नम्बर ६ भीरचोकस्थित खेल मैदानमा सोमबार भएको फाईनलमा भीमादले काली गण्डकी गाँउपालिकामाथि १९–२५, २५–२३, २५–२१, २५–२२ को सेटमा पराजित गर्दै पहिलो उपाधि आफनो नाममा लेखाउन सफल भएको हो ।

तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा घिरिङ गाउँपालिका तनहुँ विजयी भयो । पोखरा महानगरपालिका घिरिङसँग सोझो सेटमा पराजित हुन पुग्यो । पोखरा महानगरपालिका २५–१५, २५–२० र २५–२३ को सेटमा पराजित हुदैं चौथो स्थानमा चित्त बुझायो ।

प्रतियोगिताको बिजेताले नगद १ लाख, उपबिजेताले नगद ७० हजार र तृतीयले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक नारायण गुरुङले बताए । त्यस्तै, सान्तवना पोखराले पनि नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका १९ वटा स्थानीय तहहरुको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ठ खेलाडीबाट भीमाद नगरपालिकाका खेलाडी निर्मल शाही ठकुरी घोषित भए । बेष्ट सर्भरको पुरस्कार घिरिङ गाउँपालिकाका मिलनचन्द ठकुरी घोषित भए ।

बेष्ट डिफेण्डर कालीगण्डकी गाउँपालिकाका पोलसिंह राना, बेष्ट ब्लकर भीमाद नगरपालिकाका मिलन राना, बेष्ट सेटरबाट भीमादकै दिवस आले, स्पाईकरबाट काली गण्डकी गाँउपालिकाका हरि पाण्डे र अनुशासित टोलीको पुरस्कार रुपा गाँउपालिका घोषित हुदैं पुरस्कार थाप्यो ।

उत्कृष्ठ खेलाडीले नगद ५ हजार र अन्य विधाका खेलाडीले नगद ३ हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरे । खेलकुदको माध्यमबाट युवाहरुको शारिरिक, मानसिक, संवेगात्मक र व्यक्ति विकास गर्ने उद्धेश्यले ‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वस्थ र समुन्नत समाजको निर्माण गरौं’ भन्ने नारासहित भएको प्रतियोगितामा कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षत्री, पुर्व सांसद कृष्णबहादुर गुरुङ, पूर्व गाविस अध्यक्ष टिकाराम पंगेनी, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा लगायतले पुरस्कार प्रदान गरेका थिए ।
gandaknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close