सम्झौता म्याद टुङ्गिएपनि पनि किन सकिएन पोखरा स्टेडियमको काम ?

केशब पाठक,
पोखरा, २ साउन । पोखरा फुटबल स्टेडियमको काम सम्पन्न गर्न सम्झौताको  म्याद टुङ्गिएको एक महिना ढिलो भइ सक्दा समेत  डिजाइनमा नै अलमल भइरहँदा सबै आश्चर्यचकित मात्रै भएका छैनन कामको जिम्मा पाएको निर्माण कम्पनीको अलमल देखेर सबैले शंकाको दृष्टीकोणले हेरिरहेका छन ।

बुधबारको बैठकमा निकै गम्भिर मुद्रामा मोवाइलमा नियाल्दै यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्मा साथमा सदस्य सचिब समेशकुमार सिलवाल

यूवा तथा खेलकुद मन्त्रालय अन्तरगत राष्ट्रिय खेलकुद परिषदले भारतको ग्रेट स्पोर्ट्स र एम.ए कन्स्ट्रक्सन जावलाखेलको जोइन्ट भेन्चर कम्पनीलाई ग्लोबल टेन्डर अनुसार १ अर्व २८ करोडमा काम गर्न २०७५ पुष १३ गते सम्झौता गरेको थियो ।

उक्त टेन्डर प्रक्रियामा चिनको एक कम्पनी समेत संल्गन रहे पनि अन्ततः ति दुई जोइन्ट भेन्चर कम्पनीलाई ६ महिना भित्र काम सक्ने गरि २०७५ फागुन २६ गते यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले शिलान्यास गरेका थिए । जस अनुसार उक्त निर्माणको काम २०७६ असार मसान्तमा सक्नु पथ्र्याे ।

किन भयो ढिलाई
डिजाइन इन विल्डको आधारमा पहिलो पटक नेपाली खेलकुदको पूर्वाधार बनाउने योजना भए पनि १३ औं दक्षिण एशियाली खेलकुद (साग)का लक्षित पोखरा स्टेडियम यति बेला निर्माण सकिने हो कि होइन भन्ने धरापमा परेको छ ।

निर्माणको जिम्मा पाएको कम्पनीले आफ्नै कन्सलट्यान्ट बाट स्टेडियमको डिजाइन तयार गर्यो । जुन डिजाइनमा आर्टिफिसियल पिच निर्माण गर्ने गरि थियो । अन्ततः उक्त डिजाइनलाई परिषदले स्विकृत दिएन । करिब तिन महिना सम्म निर्माण कम्पनी डिजाइनमा नै अल्झी रह्यो । परिषद र निर्माण कम्पनीका इन्जिनियर टोली नक्सा लिएर पोखरा काठमाडौ गर्दै दिन विताए ।

नेपाल जस्तो ठाउँमा डिजाइननै तयार नभई काम शुरु भए पछि यसमा धेरै शंका नउब्जेका पनि होइनन तर काम छिटो सकिने र अन्तर्राष्ट्रियस्तरको स्टेडियम असार मसान्तमा नै सकिन्छ भन्ने भए पछि धेरै जना चुप लागेको थिए ।

जब १३ औं सागको मिती साँघुरिन थाल्यो तब फेरि मन्त्रालय र परिषद फेरि यसमा तातेका छन । पोखरा स्टेडियम निर्माण शुरु भएको सात महिना वित्न लाग्दा पोखरेली खेलप्रेमीहरु भने ‘सरकारको काम कहिले जाला घाम’ भन्ने उखान हाल्न थालेका छन ।

करिब १६ हजार ५ सय दर्शक क्षमताको स्टेडियमका लागि भिआइपी प्यारापिट र त्यसको पछाडी पट्टी निर्माण हुने प्रि ईन्जिनियरिङ विल्डिङ, मिडिया सेन्टर र ट्रयाक लगाएतका अन्य महत्वपूर्ण काम गर्न बाँकी नै छन भने ट्रष्टका लागि फाउण्डेशनको काम पनि अलपत्रनै छ । निर्माण कम्पनीले ट्रयाकका लागि एलसी खोलिसकेको त छ तर जर्मनी बाट आउने ट्रयाकको सामाग्री पोखरा कहिले सम्म आउने हो त्यो एकिन छैन । अर्को प्यारापिटको आवश्यक ट्रष्टहरु फ्रान्स बाट निर्माण भएर आउनु पर्छ जुन विविध कारणले अझै अल्झिरहेको छ ।

राखेपमा नियूक्त भएका सदस्य सचिब रमेश कुमार सिलवाल उत्साहित हुँदै पोखराको पूर्वाधारको निरिक्षण गर्न पोखरा आए । तर जव उनले हुँदै गरेको कामको प्रकृती हेरे आफै अचम्भित मात्रै बनेनन निर्माण कम्पनीका प्रतिनिधीलाई भने ‘कार्तिकको दोश्रो साता सम्म काम सकिएन भने मैले राजिनामा दिन नपरोस ।’

अब के हुन्छ ?
१३ औं सागलाई लक्षित पोखरा स्टेडियमको सन्दर्भमा बुधवार एक बैठक काठमाडौमा बस्यो । सबै कुरा फुटबल ग्राउण्ड र नक्साका विषयमानै थियो । बैठक तिन घन्टा सम्म चल्यो । तर निष्कर्षमा पुग्न सकेन । बैठक फेरि शुक्रबार बस्ने गरि टुँगिएको छ । शुक्रबार ग्राउण्डको नक्सा समेत स्विकृत हुने भएको बताइन्छ ।

बैठकले फुटबल ग्राउण्डलाई प्राकितिकनै बनाउनु पर्नेमा जोड दियो । त्यसका लागि अरु नक्शा नफेरेपनि ग्राउण्डको नक्शा परिवर्तन गर्न निर्माण कम्पनीलाई भनिएको छ । मन्त्रि विश्वकर्माले नेपालको प्रतिष्ठाको विषय बन्ने स्टेडियमको निर्माणको काम कार्तिकको दोश्रो हप्ता सम्म अल्टिमेटम दिएका छन ।

पोखराको मात्रै नभई समग्र देशको प्रतिष्ठाको विषय बनेको पोखरा स्टेडियम यहि रुपमा काम हुने हो भने यो कार्तिक मात्रै होइन आउने २/४ वटा कार्तिकमा समेत पुरा हुन सक्दैन । १३ औं सागको महिला फुटबल हेर्ने मौका नगुमाउने हो भने निर्माणको काम समयमा सक्न पोखरेलीहरुले ठूलो दबाब सृजना गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close