नेपाली बक्सिङ्ग प्रशिक्षण भारतिय प्रशिक्षक सिंहले सम्हाल्ने

पोखरा स्पोर्टस । १९ औ एशियन गेम्सको तयारीमा रहेको नेपाली बक्सिङ टोलीलाई प्रशिक्षण दिन भारतिय प्रशिक्षक शिव सिंह नेपाल आएका छन् ।

१९ औ एशियन गेम्सको तयारीमा २६ जना बक्सिङ्ग खेलाडी रहेका छन् । भारतका पुर्व प्रमुख प्रशिक्षक रहेका वरिष्ठ बक्सिङ्ग सिंहले विजेन्द्र सिंह, मेरी कोम लगायत विश्व च्याप्यिन मुक्केबाज उत्पादन गर्ने सफल प्रशिक्षक समेत् हुन् ।

सिंहले आगामी १९ औ एशियनको तयारी टिममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन । उनी संगै प्रशिक्षणमा नेपाली बक्सिङ्गका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, वरिष्ठ प्रशिक्षक प्रविण तुलाधर, आईवा थ्री स्टार प्रशिक्षक दीपक महर्जन, पुर्व मुख्य प्रशिक्षक प्रकाश थापामगर र राष्ट्रिय प्रशिक्षक राज श्रेष्ठ पनि रहेका छन् ।

प्रशिक्षण दशरथ रंगशालामा भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close