छन्त्याल समाज नदिपुरले भलिबल प्रतियोगिता गर्ने

पोखरा ४ भदौ ।
समाज सेवा मार्फत छुट्टै छबि जनाउन सफल अमृत फाउण्डेशन घान्द्रुकले क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता भदौको तेस्रो साता आयोजना गर्ने भएकोछ ।

“स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने नाराका साथ आगामी १५ देखी १८ गते सम्म पोखराको नदिपुर स्थीत नेपाल छन्त्याल समाजको खेल मैदानमा प्रतियागिता आयोजना गर्न लागेको फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले जानकारी दिए ।

उनका अनुसार पुरुष तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार र उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार प्राप्त गर्नेछ ।

त्यसै गरी महिला तर्फको बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २२ हजार २ सय २२ र १५ हजार ५ सय ५५ हात पार्नेछ भने भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र नगद १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए ।

उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । साथै प्रतियोगिता अबधिभर बिभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close