हिमालय क्लवले तिज मेला संगै विद्यालय ह्याण्डबल प्रतियोगिता गर्ने

पोखरा, १ भदौ ।
हिमालय क्लव पोखरा १६, बाटुलेचौरले नेपाली महिलाहरुको महान पर्वको अवसरमा तिज मेला संगै विद्यालय स्तरिय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

भदौ २३ देखि २७ गते सम्म ऐतिहासिक बाटुलेचौर तीजमेलाका अवसरमा क्लवले पत्रकारिता र सामाजिक क्षेत्रमा क्रियाशिल महिला पत्रकार सम्म्मानबाट सुष्मा पौडेल, लोक गायनको क्षेत्रमा सक्रिय सरस्वती लामिछाने, सुगम संगीतमा क्रियाशिल ईतु जोजीजू, भू.पू. खेलाडी सम्मानबाट पूर्व भलिवल खेलाडी हरि पराजुली र संस्थागत तर्फ प्रगति ईङ्लिस सेकेण्डरी स्कुललाई सम्मान गरिने क्लवका सचिव एव. मेलाका प्रचार संयोजक प्रकाश थापाले जानकारी दिए ।

पाँच दिनसम्म चल्ने मेलामा अन्तर विद्यालय स्तरीय छात्र,छात्रा ह्याण्डबल प्रतियोगिता, प्रथम हिमालय कप खुल्ला पुरुष भलिवल प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, समूहगत तीज गीत तथा नृत्य प्रस्तुती सहित विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने सोही दिन २ जना विपन्न एकल महिलालाई आर्थिक सहयोग तथा उत्कृष्ट जि.पि.ए. ल्याउने १/१ जना सरकारी विद्यालयका छात्र, छात्रालाई क्लवबाट संचालित पवित्र प्रेमनारायण स्मृति शैक्षिक पुरस्कार समेत प्रदान गरिने क्लवका अध्यक्ष मोहनबहादुर थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close