इतिहास रच्दै आर.एस पोखरा एफसी महिला टोली लिगको क्वालिफायरमा

पोखरा स्पोर्ट्स । इतिहास रच्दै पोखरेली महिला फुटबल टोली पहिलो पटक लिगको क्वालिफायरमा प्रवेश गरेको छ ।

सातदोवाटोस्थित जारी प्रतियोगितामा बिहबार सम्पन्न खेलमा स्टुडेन्ट्स फुटबल क्लबलाई ४–१ गोलले पराजित गरी इतिहास रच्न सफल भएको हो । सम्पन्न खेलमा पोखराका लागि सरिता विकले २ गोल गरिन् भने विपना परियार र सलिना सारुले १–१ गोल गरे ।

आजको खेल जित्नै पर्ने वा बरावरी खेल्नु पर्ने दवावका साथ मैदानमा उत्रिएको पोखराको टोलीले सहज जित निकालेको आर.एस पोखरा एफसी महिला क्लबका अध्यक्ष रमेश कार्कीले बताए । समुह ए मा रहेर कुल ६ खेल खेलेको पोखरा एफसीले शिर्षस्थानमा रहँदै १५ अङ्क बटुलेर लिगमा प्रवेश गरेको हो ।

आर.एस पोखरा एफसी महिला टोलीको यो उत्कृष्ट प्रदर्शनीले गण्डकीबाटै पहिलो पटक ए डिभिजनको क्लबको मान्यता पाउने क्लबको रुपमा समेत दर्ज भएको क्लबका अध्यक्ष कार्कीले जनाएका छन् । पोखरा स्पोर्ट्स संग कुरा गर्दै उनले भने–“हामीले गण्डकी प्रदेशबाट इतिहास रचेका छौं । उत्कृष्ट खेलले नै हामीलाई आज लिगमा पुर्याएको छ । यो इतिहास रच्न सफल टोलीका सबै खेलाडी, प्रशिक्षक र सहयोगी मनहरुलाई म आभार व्यक्त गर्न चाहन्छु ।”

यो स्थानमा सम्म पुग्न टोलीलाई करिव ६ महिनाको कठिन परिश्रम रहेको बताउँदै करिव ३५ लाख खर्च भएको अध्यक्ष कार्कीले बताए । “यो हाम्रो लागि निकै चुनौतीले भरिएको प्रतियोगिता थियो । आर्थिक बोझ संगै टोलीको सन्तुलन मिलाएर अघि बढ्न सहज थिएन”, उनले भने,“यो परिक्षणमा हामी सफल भएका छौं । इतिहास रचेका छौं । गण्डकी र पोखराको लागि महिला फुटबलमा स्वर्णिम युगको सुरूवात भएको छ ।”

अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला फुटबल विकासका लागि गरेको आह्वानमा देशभरिका १४ टिमले सहभागिता जनाएका थिए । पहिलो चरणबाट कुल ५ टिम क्वालिफायरका लागि छनौट हुनेछन् । छनौट भएका टिमहरुले लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तो थियो पोखराको टोली
गोलकिपरः गायत्री मल्ल, मनिषा तामाङ
डिफेन्डरः झरना थापा मगर, दिपिका राई, प्रिन्सिका वाइवा, कुशुम बोटे, कृष्मा भुलुन, शुसिला धामी, मनमाया मोक्तान, निकिता सिंह, अन्जना राना, विजु सरू मगर, खशी थिङ
मिडफिल्डरः गिता श्रेष्ठ, सलिना सारु, तुलसी शाही, स्मृती बारघरे, प्राप्ती गुरूङ, रिना राना, गंगा पाइजा, दिप्ती भुजेल, सुना पाख्रिन
फर्वाडः विपना परियार, सरिता विक, उशा शाही, इशा चौधरी

टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुबिन श्रेष्ठ रहेका थिए । व्यवस्थापकीय टोलीमा: प्रज्वल पौडेल टिम म्यानेजर जिम्मेवारीमा रहेका थिए भने फिजियोका रूपमा समुन्द्र कुवर रहेकी थिइन् । त्यस्तै, अफिसियलमा रूपमा भुवन श्रेष्ठ र जङ थापा, गोलकिपर प्रशिक्षकको रूपमा एकराम थापा, सहायक टिम प्रशिक्षकमा सुमन श्रेष्ठ र बिरेन राना रहेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close