
पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा गण्डकी प्रदेश स्तरिय विचार लेखन प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिता गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा हुन लागेको हो । “समृद्ध प्रदेशका लागि युवा स्वरोजगार ः सम्भावना र चुनौती” विषयक विचार लेखन प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका १६ देखि ४० वर्ष उमेर समुहका युवाहरु सहभागिता जनाउन पाउने मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुनेहरुले २ हजार शव्दमा नवढाई आफ्नो मौलिकता सहितको विचार प्रस्तुत गर्नुपर्ने छ भने आफ्नो विचार यहि साउन २५ गते सम्म इमेल मार्फत मन्त्रालयमा पठाउनु पर्ने ओझाले बताए । प्रतियोगितामा विजयी हुने क्रमश प्रथम, द्वितिय, तृतिय र सान्तत्वना दुई जनाले क्रमश नगद रु १२ हजार, १० हजार, ८ हजार र २ हजार ५ सय प्राप्त गर्नेछन ।
प्रतियोगितामा विजयीहरुलाई साउन २८ गते विशेष कार्यक्रमका विच पुरस्कार वितरण गरिनेछ ।

समाचार प्रकाशनको लागि धन्यवाद सर । युवाहरू स्वरोजगार तर्फ लाग्नुहोस् र त्यसमा प्रदेश सरकारको भुमिका पनि प्रभावकारी हुन सकोस् भन्ने हो ।