
काठमाडौ, १७ साउन ।
उचिदेची तालिममा सहभागी हुन आईकेओ क्योकुसिन काइकान कराते संघ नेपालका तिन खेलाडी बिहीबार फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् ।
अगष्ट ३ देखि सेप्टेम्बर ३ तारिख सम्म हुने तालिममा रविन राना, विजय सिंह र सुमन घिसिङले सहभागिता जनाउने छन् । उनीहरुलाई फिलिपिन्स क्योकुसिनका ब्रान्च चिफ स्टेफनले प्रशिक्षण दिने छन् ।
सोही दौरान खेलाडीले थाइल्यान्ड र सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउने बताइएको छ ।
टोलीलाई संघका सल्लाहकार समेत रहेका नेपाल कराते महासंघअन्तर्गत रेफ्री काउन्सिलका संयोजक राजेन्द्र कपाली र ब्रान्च चिफ कान्छालाल वाइबाले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे ।