कास्की जिल्लास्तरिय खुल्ला ३ किमि दौड दिनेश र सुस्मिताले जिते

पोखरा स्पोर्टस । कास्की जिल्लास्तरिय खुल्ला ३ किमि सडक दौड दिनेश बोगोटी र सुस्मिता रानाभाटले जितेका छन् ।

कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार भएको दौडमा उनीहरुले स्वर्ण पदक हात पारेका हुन् । दिनेशले ९ मिनेट ३४.७० सेकेण्डमा दुरी पार गरे भने सुस्मिताले १३ मिनेट ०४.८० सेकेण्डमा दुरी पार गर्न सफल भइन् । उनीहरुले स्वर्ण पदक संगै जनही नगद ५/५ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

त्यसै गरी पुरुषतर्फ ९ मिनेट ३६.४० सेकेण्डमा दौद पुरा गर्दै साहश पन्तले रजत पदक जिते भने तेन्जन रोक्का मगरले ९ मिनेट ५६.६० सेकेण्डमा दौड पुरा गरी काश्य पदक प्राप्त गरे । शाहसले नगद ३ हजार र तेन्जनले नगद २ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा मनोज रोक्का मगरले चौथो र महेश घर्तीले पाँचौ स्थान प्राप्त गरे । उनीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै महिलातर्फ संगित विकले १३ मिनेट ४९.०९ सेकेण्डमा दुरी पार गरी रजत पदक प्राप्त गर्न सफल भइन् । उनले नगद ३ हजार प्राप्त गरिन् भने मेनुका अधिकारी तेश्रो हुँदै काश्य पदक संगै नगद २ हजार हात पारिन् । महिला तर्फ नै साधना सेवा चौथो र सोनी जुग्जाली पाँचौ स्थान प्राप्त गर्न सफल भइन् । उनीहरुले प्रमाण पत्र हात पारे ।

यस अघि कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको खुल्ला दौड र बालबालिका लागि खेलकुद कार्यक्रमको उद्घाटन प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले गरेका थिए ।

समितिका अध्यक्ष तोरण बहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कन्चन थापा र कार्यालय प्रमुख डिबी नेपालीले समेत आफ्ना भनाई राखेका थिए ।

प्रतियोगितामा महिला र पुरुष गरेर १०९ जना खेलाडीहरुले सहभागिता जनाएको टेक्निकल टिमका सिद्धान्त अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close