पोखरा महानगर अन्तर वडा भलिबलमा वडा नं २१ च्याम्पियन

पोखरा स्पोर्टस । पोखरा महानगर पालिका अन्तर वडास्तरीय भलिबलमा वडा नं २१ च्यम्पियन बनेको छ ।

पोखरा महानगर खेलकुद विकास समिती द्वारा आयोजित पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सम्पन्न फाइनल खेलमा वडा नं २२ लाई ३–० को सोझो सेटमा पराजित गर्दै वडा नं २१ च्याम्यिन बनेको हो । फाइनलमा वडा २१ ले २५–१६, २५–२० र २६–२४ को सोझो सेटमा पराजित गरेको थियो । च्याम्पियन भए संगै वडा नं २१ ले नगद १ लाख २० हजार र उपविजेता टिम वडा नं २२ ले नगद ७० हजारका साथम ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् ।

भलिबलमा योगदान गर्नेहरु सम्मानित

पोखरा महानगर खेलकुद विकास समितीले भलिबल खेलको विकासमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हरि प्रसाद पराजुली, देवी प्रसाद सुवेदी, बलराम क्षेत्री, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुली, भलिवल प्रशिक्षक कौशिला खत्री रहेका छन् । उनीहरुलाई पोखरा महानगरका निमित्त प्रशासकिय प्रमुख आचार्य, खेलकुद विकास समितीका अध्यक्ष गोदारले दोसल्ला र सम्मानपत्र द्वारा सम्मान गरेका थिए ।

यस अघि फाइनलमा पुग्न वडा नं २१ ले वडा नं २३ लाई ३–१ को सेटमा र वडा नं २२ ले १९ लाई ४–१ को सेटमा पराजित गरेका थिए । प्रतियोगितामा तेश्रो स्थान वडा नं २३ ले हात पारेको छ । तेश्रो स्थानका लागि भएको खेलमा वडा नं २३ ले वडा नं १९ लाई २६–२४, २५–२० र २५–२१ को सोझो सेटमा पाखा लगाएको थियो । तेश्रो स्थान भए संगै वडा नं २३ ले नगद ४० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता खेलाडीलाई पोखरा महानगर पालिकाका निमित्त प्रशासकिय अधिकृत हेम प्रसाद आचार्य, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदार, पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी देवी प्रसाद सुवेदी, खेलकुद महानगरका खेलकुद समितीका सदस्य सचिव सुवास खड्का, जिल्ला भलिबलका अध्यक्ष भिम पराजुली लगायतले नगद, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा वडा नं २१ का अमर कार्की उत्कृष्ट खेलाडी भएका छन् । यसै गरी अन्य विद्यागत उत्कृष्ट हुने खेलाडीहरुमा वेष्ट व्लकरमा वडा नं २३ का बिबेक सुनार, वेष्ट सेटरमा वडा नं २१ का सञ्जय खत्री, वेष्ट डिफेन्समा सोही वडाका विक्रम भुजेल र वडा नं २२ का बिरेन गुरुङ वेष्ट स्पाइकर रहेका छन् । उनीहरुले जनही नगद ५ हजार प्राप्त गरे ।

तिन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा पोखरा महानगरका १३ वटा वडाहरु सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close