
पोखरा स्पोर्टस । गण्डकी प्रदेशको यूवा तथा खेलकुद मन्त्रीमा राजिव गुरुङ ‘दिपक मनाङे’ले सम्हाल्ने भएका छन ।
प्रदेशको विना विभागिय मन्त्रीको रुपमा रहेका मन्त्री मनाङले आज यूवा तथा खेलकुद मन्त्रालय पद वहाली गर्ने भएका हुन । प्रदेशको यूवा तथा खेलकुद मन्त्रीको रुपमा उनले तेश्रो पटक जिम्मेवारी सम्हाल्ने भएका हुन ।
पृथ्वी सुव्वा गुरुङको सरकारमा दुई पटक खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालिसकेका मन्त्री गुरुङले आफूलाई भौतिक पूर्वाधार मन्त्रालय दिनुपर्ने अडान लिंदै आएका थिए ।
