नेपाली रेस्लरहरु चैत्र २० र २१ गते पोखरामा भिड्ने

पोखरा स्पोर्टस । पोखरामा यहि चैत्र २० र २१ गते हुने प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लर भिड्ने भएका छन । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा हुने प्रतियोगितामा उनीहरु भिड्ने भएका हुन ।

प्रतियोगितामा देशका विभिन्न ठाउँका खेलाडीले प्रतिस्पर्धामा रेस्लिङमा नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोनलगाएत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।  खेलाडीहरुले ३ वटा वेट क्याटोगरीमा प्रतिष्पर्धा गर्ने भएका हुन ।

रेस्लिङमा २२ वर्षदेखि ३८ वर्षसम्मका खेलाडीले भाग लिने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिईन् । कोभिडका कारण अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता गराउन नसकिएको समेत उनले बताइन् । दुई दिनसम्म हुने रेस्लिङ प्रतियोगिता हेर्न प्रवेश शुल्क १ सय र २ सय तोकिएको संघकी महासचिव श्रेष्ठले जानकारी दिइन् । उनले नेपालमा रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडी उत्पादनसँगै निरन्तर तालिमको व्यवस्था गर्न रिङ रेस्लिङ एकेडेमीको स्थापना गरिएको समेत बताइन् ।

त्यस्तै राखेप सदस्य राजेश गुरुङले रेस्लिङ खेलको विकासको लागि योगदान दिँदै आएको नेपाल रिङ रेस्लिङ संघलाई धन्यवाद ज्ञापन गरे । त्यसैगरि गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले यस्ता प्रकारका प्रतियोगिता सम्पन्न गर्न पोखरालाई रोज्नु भनेको गण्डकी प्रदेशकै गौरवको कुरा भएको बताए । पोखरालाई खेलकुदको राजधानी भनिरहेकै अवस्थामा यस्ता प्रतियोगिताले थप इट्टा थप्ने काम गरेको उनको भनाई छ ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद रु १ लाख सहित च्याम्पियन बेल्ट र दोश्रो हुनेले नगद रु ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगितामा करिब २९ लाख खर्च हुने आयोजकले जनाएको छ । साथै दर्शकलाई थप मनोरञ्जन दिन नेपालका हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती रहने आयोजकले बताएको छ ।

Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close