बैंकक जाने मुवा थाइ खेलाडीको बिदाइ

काठमाडौं ११ साउन ।
थाइल्यान्डको राजधानी बैंककमा एक महिना लामो प्रशिक्षणका लागि आइतबार त्यसतर्फ जान लागेका मुवा थाइ खेलाडीको शुक्रबार बिदाइ गरिएको छ ।

नेपाल थाइ बक्सिङ संघको पहलमा साउन १३ देखि भदौ १२ गतेसम्म एक महिना नेपाली खेलाडीले प्रशिक्षणको अवसर पाएका हुन् ।

थाइल्यान्ड जाने नेपाली खेलाडीलाई प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी र नेपाल थाइ बक्सिङ संघका अध्यक्ष नमराज भण्डारीले बिदाइ गरे ।

संघका अध्यक्ष भण्डारीको नेतृत्वमा थाइल्यान्ड जाने टोलीमा निकेश तामाङ, सविनकुमार राई, अजय खाती, एलिसा खड्गी, अभिषेक राई, सन्तोष साउद, अनिल तामाङ, करुणा अधिकारी, बरुण घले गुरुङ, पारस योञ्जन र टीकाबहादुर तामाङ छन् ।

नेपाली खेलाडीले थाइल्यान्डमा एक महिनाको प्रशिक्षणपछि त्यहाँ आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close