आत्मरक्षात्मक खेलकुद प्रशिक्षण सम्पन्न

काठमाडौ, ४ साउन ।
नोबेल एकेडेमीको आयोजनामा महिला हिंसा विरुद्ध आत्मरक्षात्मक खेलकुद प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ ।

पाँचदिने प्रशिक्षणमा ९० छात्राहरुको सहभागिता रहेको थियो । उनीहरुलाई तेक्वान्दोका मोहन विक तथा रञ्जना थापा र सविना भट्टराईले आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरेका थिए ।

सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सदस्य–सचिव विष्टले खेलकुदको माध्यमबाट महिलाहरुको आत्मबल बढाउन र समाजमा निर्धक्क भएर हिड्ने वातावरण निर्माण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close