अनलाइन करातेमा नेपाललाई १६ स्वर्ण, १२ रजत र ७ काँश्य

पोखरा स्पोर्टस । “७ औं नाशिमुरा कप अनलाइन कराते च्याम्पियनशिप”मा नेपालले १६ स्वर्ण, १२ रजत र ७ कांस्य पदक जितेको छ ।

यहि अक्टोबर ३० देखि नोभेम्बर १ गरी तिन दिन सम्म फिलिपिन्समा सञ्चालन भएको अनलाइन लिग कराते च्याम्पियनशिपमा नेपालले १६ स्वर्ण, १२ रजत र ७ कांस्य पदक जित्न सफल भएको हो । नेपालका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक रबी शाहिका अनुसार नेपालका लागि रवीन्द्र मानन्धर, सुभाष घलान, सुभाष कार्की, मनीष कार्की, शत्कर घर्ती मगर, अनुभा मंग्रान्ती, सुबिता गौतम, गरिमा मगर, रोशमा राई, रिना श्रेष्ठ, सन्जु देसारले स्वर्ण पदक जितेका छन् ।

त्यसै गरी प्रतियोगितामा जगत सिंह धनुक, सोनिम मानन्धर, न्यान्सी छेत्री, न्हुजः मान शाक्य, रुद्राक्ष देवकोटा ,नीता आचार्यले रजत पदक जितेका छन् भने जुलियाना मोक्तान, दिप्सन सापकोटा, हेरेन्जन लामा, आरव देवकोटाले कांस्य पदक जितेका छन् ।

त्यस्तै पुरुष उमेर समुह ३७–४५ एडवाच मास्टर काता वर्गमा रविन्द्र मानन्धरले स्विडेनका खेलाडी एन्टोन कुमरलाई हराएर प्रथम हुन सफल भएका छन । पुरुष उमेर समुह १०–१२ साईट काता वर्गमा नेपालकै खेलाडी न्हुजः मान शाक्य दोस्रो तथा पुरुष उमेर समुह १३–१७ उमेर समुह एडवाच काता वर्गमा नेपालकै खेलाडी सोनिम मानन्धर दोस्रो हुन सफल भए ।

पुरुष उमेर समुह १८–२५ उमेर समुह एडवाच काता वर्गमा नेपालकै खेलाडी जगत शिंग धनुकलाई सुभाष घटनले हराएर प्रथम हुन सफल भए भने सोहि इभेन्टमा स्वीडेन र यूएइ तेस्रो स्थान प्राप्त गरेका छन । पुरुष उमेर समुह २६–३६ एडवाच काता वर्गमा स्वीडेनका खेलाडी केन्टारो एरिक्सनलाई सुभाष कार्कीले हराएर प्रथम हुन सफल भए । महिला २६-३५ बर्ष उमेर समुह वर्गको कुमितेमा मिसली श्रेष्ठ प्रथम भएकि छ्न ।

त्यस्तै मनीष कार्कीले पुरुष १३–१६ मध्यवर्ती काता वर्गमा फिलिपिन्सको खेलाडी म्याथी बाल्डेटामोनलाई पराजित गरे । शत्कर घाटी मगरले फिलिपिन्सको खेलाडी चाहतगट शिंहलाई हराउँदै ९ बर्ष मुनिको मध्यवर्ती काता वर्गमा प्रथम हुन सफल भए भने सुबिता गौतमले फिलिपिन्सको खेलाडी मरिएल्ल उर्बनोलाइ हराएर ९ बर्ष मुनिको मध्यवर्ती काता वर्गमा प्रथम हुन सफल भइन । महिला उमेर समुह १०–१२ नविक काता वर्गमा नेपालकै खेलाडी न्यान्सी क्षेत्रीलाई अनुभा मंग्रान्तीले हराएर प्रथम हुन सफल भइन भने सोहि इभेन्टमा इरान र फिलिपिन्स तेस्रो हुन सफल भएको थियो । महिला उमेर समुह १३–१७ एडवाच काता वर्गमा इन्डोनेसियाको खेलाडी नबिला शकिला लिनोमेलाई पराजित गर्दै सन्जु देसार प्रथम तथा महिला उमेर समुह १३–१६ नविक काता वर्गमा स्वीडेनको खेलाडी नाथली कोमरलाई पराजित गर्दै गरिमा मगर प्रथम भएकी छन ।

प्रतियोगितामा नेपाल सहित १६ देशका २ सय ३२ खेलाडीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close