
काठमाडौं, २९ असार ।
दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली राष्ट्रिय तेक्वान्दो टोली सम्मिलित पुरुषको टिम फाइटमा नेपालले स्वर्ण जितेको छ ।
दक्षिण कोरियाको पोहाङमा शुक्रबार भएको पुरुषतर्पmको टिम फाइटमा नेपालले फाइनलमा कोरियाको सिहान युनिभरसिटीलाई ५८–४६ को स्कोरे हराउँदै स्वर्ण जितेका थिए ।
पाँच खेलाडी सम्मिलित पुरुष टिमले सेमिफाइनलमा पनि कोरियाकै टिमलाई ४८–४१ ले हराउँदै फाइनलको यात्रा तय गरेको टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिए ।
पुरुष टिममा अनुज पुजारी, ज्ञानेन्द्र हमाल, वीर महरा, सागर गुभाजु र भुपेन्द्र श्रेष्ठ थिए । शुक्रबार नै भएको महिलातर्पmको टिम फाइटमा भने नेपाली महिला टोली रजत पदकमै सीमित भए । ३ राष्ट्र सम्मेलित टिम फाइटको फाइनलमा नेपाली महिला टिम चिनसँग ५६–४८ ले स्तब्ध भएको थियो ।
त्यसअघि नेपालले कोरियालाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । महिलातर्पm पनि ५ खेलाडी नै थिए । नेपाली महिला टिममा ज्ञानी चुनारा, निमा गुरुङ, निसा रावल, संगिता बस्याल र अस्मिता खड्का रहेको प्रशिक्षक विष्टले जानकारी दिए ।
तीन दिनको खेलबाट खेलाडीको मुल्याङकन र आगामी दिनमा सुधार गर्नु पर्ने अवस्थाबारे जानकारी लिन सहज भएको प्रशिक्षक विष्टले जानकारी दिए ।
खेलाडीको प्रदर्शनमा देखिएका केही कमजोरी पक्ष आगामी एसियन गेम्समा सुधार गर्दै खेलाडीले राम्रो प्रदर्शन गर्नेमा आफू विस्वस्त रहेको प्रशिक्षक विष्टले जानकारी दिए ।
नेपाली टोली शुक्रबारदेखि नै छुम्बिक हेल्थ एन्ड साइन्स युनिभरसिटीमा प्रशिक्षण सुरु गरिसकेका छन् ।