
पोखरा स्पोर्टस । २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा सम्पन्न पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ ।
पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच भएको प्रतिस्पर्धामा आइतबार भएको प्रतियोगितामा पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो ।
विजेता पर्वत भलिबल क्लबले एक लाख ११ हजार एक सय ११ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने दोस्रो भएको टफ गोर्खा ट्रेनिङ सेन्टरको टिमलाई ७७ हजार सात सय ७७ रुपैया नगद सहित प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो ।
सो अवसरमा बेस्ट प्लेयर लाई १० हजार, बेस्ट सेटर ३ हजार, बेस्ट डिफेन्डरलाई ३ हजार, बेस्ट सर्भर ३ हजार र बेस्ट ब्लकरलाइ ३ हजार नगद, कप र प्रमाणपत्र प्रदान गरिएको संघका कोषाध्यक्ष तथा सहप्रायोजक सुविन गुरुङले बताए ।
पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार, रेवान पोखराका उपाध्यक्ष तथा सडक महोत्सवका कार्यक्रम संयोजक विश्वराज पौडेल, सहसंयोजक बैभव पौडेल, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष तथा महानगरपालिका कार्यलयका वरिष्ठ कानुन अधिकृत नारायण शर्मा, संघका पुर्व सचिव डिबि नेपाली, संघका केन्द्रिय सदस्य राजकु्मार गुरुङ, सितेरियो करातेका अन्र्तराष्ट्रिय खेलाडी लक्ष्मण कुँवर, पुर्व राष्ट्रिय भलिबल खेलाडि तथा प्रशिक्षक वलराम क्षेत्रीलगायतले विजेताहरुलाई पुरस्कार वितरण गरेको थिए ।
प्रतियोगितामा गलकोट भलिबल क्लब, पोखरा महानगरपालिका निलो, पोखरा महानगरपालिका रातो, पर्वत भलिबल क्लब, बसुन्धरा पार्क क्लब, गुरुकुल माबी, सिद्धार्थ लभडेल माबी, टफ गोर्खा सहभागी भएका थिए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुस १४ गते उद्घाटन गरेको प्रतियोगिताको प्रायोजकमा पोखरा महानगरपालिका कार्यालय वडा नं ६ र कास्की पोखरा समाज जापान, सहप्रायोजकमा सुबिन गुरुङ र सन्दिप गुरुङ रहेका थिए भने प्रबद्र्धकमा पोखरा महानगरपालिका कार्यलय, पोखरा महानगपालिका खेलकुद बिकास समितिको समन्वय र रेबान पोखराको बिशेष सहयोग रहेकोे थियो ।
पोखरा महानगरपालिका भलिबल संघका अध्यक्ष रामबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव युवराज गुरुङले गरेका थिए ।
