नेपाली तेक्वान्दो टोली कोरिया प्रस्थान

काठमाडौं २७,असार ।

दक्षिण कोरियामा हुने १२औँ विश्व तेक्वान्दो कल्चरल एक्सपो तथा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा आयोजित एक कार्यक्रमका बीच १३ सदस्यीय नेपाली टोलीलाई बिदाई संघका अध्यक्ष प्रकाश शम्सेर राणाले बिदाई गरे । रोशन खानको नेतृत्वमा ११ खेलाडीले विभिन्न तौल समूह प्रतिस्पर्धा गर्नेछन् । आगामी १२ देखि १७ जुलाईसम्म कोरियाको मुजु शहरमा हुने च्याम्पियनसिपको प्रशिक्षण पनि खानले नै गर्नेछन् । टिमको व्यवस्थापनमा मीरा थापा छिन् ।

च्याम्पियनसिपको पुरुष ६३ केजी तौलसमूहमा दीपेन्द्रबहादुर नेपाली, ६८ केजीमा उज्वल श्रेष्ठ, ४८ केजीमा मोहम्मद उमर खान, ५४ केजीमा अब्बास खान, ४५ केजीमा सहबीरजंग रावल, ५४ केजीमा रोनिस काजी, ४० केजीमा जीप्सन नेपाल र ४५ केजीमा सागर बरालले नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछन् । महिलातर्फ ५३ केजीमा मेलिना गुरुङ मगर, ६७ केजीमा धनमाया सिन्जाली र ६३ केजीमा रेखमाया गुरुङले प्रतिस्पर्धा गर्नेछिन् ।

११ जना खेलाडीले नै पुम्सेतर्फ पनि प्रतिस्पर्धा गर्ने टिमका मुख्य प्रशिक्षक खानले जानकारी दिए । नेपाली टोली च्याम्पियनसिपमा थाइल्यान्डको बैंककमा आगामी २२ जुलाईमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो सेमीनारमा सहभागी हुन त्यसतर्पm प्रस्थान गर्नेछन् । तिराक तेक्वान्दो तेक्वान्दो टोली कोरिया प्रस्थान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close